शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
अपराध

एनपीएलमा सट्टाबाजी गर्ने कार्यमा संलग्न ८ भारतीय नागरिक पक्राउ

आइतबार, ०७ मङ्सिर २०८२, १६ : ५१
आइतबार, ०७ मङ्सिर २०८२

सारांश

  • नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टाबाजी गरेको आरोपमा ८ जना भारतीय नागरिक पक्राउ परेका छन्।
  • उनीहरूलाई राजधानीको बल्खु क्षेत्रबाट अनलाइन बेटिङमार्फत सट्टेबाजी गरेको आरोपमा नियन्त्रणमा लिइएको हो।
  • पक्राउ पर्नेमा राजा यदुला, महेश बाबु लगायत अन्य भारतीय नागरिकहरू छन्, र उनीहरूमाथि अनुसन्धान भइरहेको छ।

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टाबाजी गर्ने कार्यमा संलग्न ८ जना भारतीय नागरिक पक्राउ परेका छन् ।  

अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुने गरी सट्टेबाजी गराएको आरोपमा उनीहरुलाई राजधानीको बल्खु क्षेत्रबाट नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

अपराध अनुसन्धान कार्यालयको टोलीबाट पक्राउ पर्नेमा भारतीय नागरिकहरु राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयब, नभिन मड्डेला, महमद रफी सेख, साइ कुमार तम्मिसेट्टी र सेख चन्द बसल रहेका छन् । 

उनीहरूमाथि सट्टाबाजी गराउन नहुने कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि खेलाडीलाई म्याच फिक्सिङ गर्न उक्साएको आरोपमा २ जना पक्राउ परेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप