सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

पावर प्लेमा जनकपुरको स्पीन अट्याक, ४० रनमा रोक्दा एक विकेट

सोमबार, ०८ मङ्सिर २०८२, १२ : १२
सोमबार, ०८ मङ्सिर २०८२

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा (एनपीएल) अन्तर्गत विराटनगर किंग्सविरुद्ध बलिङ गरिरहेको जनकपुर बोल्ट्सले पहिलो पावर प्लेमा सबै स्पिन बलर प्रयोग गरेको छ ।

पावर प्लेको खेल सकिँदा विराटनगरले एक विकेट गुमाउँदै  ४० रन बनाएको छ ।  विराटनगरका लागि ओपनर लोकश बम  १९ रन मार्टिन गप्टिल ११ रन बनाएर खेलिरहेका छन् ।

अर्का ओपनर जर्ज मुन्से १० रनमा आउट भएका थिए ।   जनकपुरको लागि संगित कुरेले २ आभेर, ललित राजवंशीले २ ओभर, कप्तान अनिल साहले एक र सन्जय कृष्णमुर्तीले एक एक ओभर बलिङ गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप