एनपीएल : विराटनगरको चौथो जित, कर्णाली पराजित
काठमाडौँ । विराटनगर किङ्सले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्समाथि जित निकालेको छ ।
शुक्रबार भएको खेलमा कर्णाली याक्सलाई ३ विकेटले हराउँदै प्रतियोगितामा चौथो जित निकालेको हो । त्रिवि क्रिकेट मैदानमा कर्णाली याक्सले दिएको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभर ५ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
विराटनगरका लागि बसिर अहमदले नट आउट ६२ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे ।
त्यस्तै नारायण जोशीले २५ रन बनाउँदा शाहिल पटेलले १९ रनको योगदान गरे । कर्णालीका लागि सोमपाल कामी र गुलशन झाले दुई–दुई विकेट लिए । त्यस्तै नन्दन यादव पवन सरार्फ र विलियम बोसिस्टोले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १६० रन बनाएको थियो ।
कर्णाली याक्सका लागि प्रियान्क पन्चलले अर्धशतकीय पारी खेले । प्रियान्कले ४७ बल खेल्दै ६ चौका र २ छक्काको सहयोगमा ६३ रन बनाए ।
कर्णालीका लागि विलियम बोसिस्टोले नट आउट ४८ बलमा ४८ रन बनाए । त्यस्तै कर्णालीका लागि गुलशन झाले २० रन बनाउँदा मार्क वाटले ६ रनको योगदान गरे ।
विराटनगरका लागि मर्चान्ट डी ल्याङ्गे र सन्दीप लामिछानेले एक–एक विकेट लिए । आजको जितसँगै विराटनगरले ५ खेलबाट ८ अङ्क जोडेर प्लेअफमा आफूलाई बलियो बनाएको छ । यता कर्णालीको ४ खेलबाट २ अङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण