दाङबाट एमाले महाधिवेशनका लागि २३ प्रतिनिधि सर्वसम्मत चयन
दाङ । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि दाङबाट सर्वसम्मत रूपमा २३ जना प्रतिनिधि चयन गरिएको छ । विभिन्न चरणमा आकांक्षीहरुसँग छलफल र परामर्श गरेर सूची टुङ्ग्याइएको जिल्ला सचिव सूर्यबहादुर डाँगीले जानकारी दिए ।
उनका अनुसार खुल्लातर्फ १० जना, महिलातर्फ ७ जना, युवातर्फ ३ जना र दलिततर्फ ३ जना गरी कुल २३ जना प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।
खुल्लातर्फ शिवकुमार आचार्य, सुदन केसी, भुवन चौधरी, भागसिं बुढा, हुकुमबहादुर बस्नेत, भुवनेश्वर पौडेल, सूर्यबहादुर डाँगी (श्याम), मनोहर बुढाथोकी, राममणि पाण्डे र कुलबहादुर केसी चयन भएका छन् ।
महिलातर्फ रेखा केसी देवकोटा, तुलसा देवी पोखरेल, रत्ना तिवारी खत्री, सीता चौधरी, लक्ष्मी शर्मा, सीता चौधरी र पुष्पा लामिछाने भण्डारीले प्रतिनिधित्व गर्ने भएका छन् ।
युवातर्फ अशोक योगी (विवेक), घनश्याम चौधरी र देवबहादुर (देबु) बस्नेत चयन भएका छन्।
दलित समूहबाट मानबहादुर बिक, निर्मला बिक र टंकबहादुर बिक सर्वसम्मत रूपमा प्रतिनिधि बनेका छन् । दाङमा सहमतिको आधारमा गरिएको प्रतिनिधि छनोटमा सबै समूह, क्षेत्र र वर्गको समावेशी सहभागिता सुनिश्चित गरिएको एमाले नेतृत्वले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण