आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

एमालेको ११ औँ महाधिवेशन : प्रतिनिधि छनोट एकतर्फी भएको भन्दै उजुरी

शनिबार, १३ मङ्सिर २०८२, १५ : ५६
शनिबार, १३ मङ्सिर २०८२

बुटवल । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि प्रतिनिधि छनोटको काम भइरहेको छ । 

सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भइरहँदा दाङमा भने विवाद उत्पन्न भएको छ । 

विधि र प्रक्रिया विपरीत गएर एकलौटी ढङ्गले प्रतिनिधि चयन गरिएको भन्दै लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भुसालले पार्टीको केन्द्रीय सङ्गठन विभागमा उजुरी हालेका छन्।

केन्द्रीय सङ्गठन विभागले जारी गरेको सर्कुलर विपरीत मतदाता नामावली र निर्वाचन कार्य तालिका नै प्रकाशित नगरी साढे १० हजार प्रतिनिधिको हक अधिकार कुण्ठित गरी हचुवाका भरमा प्रतिनिधि छानिएको भुसालले बताए ।

यसअघि विभिन्न चरणमा आकांक्षीहरुसँग छलफल र परामर्श गरेर सूची टुङ्ग्याइएको जिल्ला सचिव सूर्यबहादुर डाँगीले जानकारी दिएका थिए।

1-oo

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप