पाँडेको फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक
सारांश
- अर्जुन घिमिरेको निर्देशनमा बनेको फिल्म 'झरीपछिको इन्द्रिणी'को पोस्टर सार्वजनिक भयो।
- फिल्ममा गणेश उप्रेतीको कमब्याक र अन्य धेरै कलाकारको अभिनय रहनेछ।
- अनिशा सेन्दाङ लिम्बुको निर्माण र बुद्ध थापाको छायांकन रहेको छ।
काठमाडौँ। हास्य कलाकार अर्जुन घिमिरे (पाँडे) को डेव्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रिणी’को पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक पोस्टरमा फिल्मका प्राय सबै मुख्य कलाकारको क्यारेक्टर लुक्समा प्रस्तुत गरिएको छ ।
नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको फिल्मबाट अभिनेता गणेश उप्रेती लामो समयपछि कमव्याक गर्दैछन् । यो फिल्म छायांकनका लागि उप्रेती अमेरिकाबाट नेपालम फर्किएका थिए । फिल्ममा गणेशको अलवा रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईको अभिनय छ । फिल्मबाट नव कलाकारको रुपमा विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यू गर्दैछन् । बाल कलाकारमा दिप्सन चिलवालले पनि अभिनय गरेको निर्माण कम्पनीले जनाएको छ ।
फिल्मकोे एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् । निर्देशक घिमिरे स्वयंको कथा रहेको फिल्मको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन् । फिल्ममा बुद्ध थापाको छायांकन छ ।
अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की फिल्मका सह निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
-
मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने काम सरकारको हो : अध्यक्ष मगर
-
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
-
नेपाली राजनीतिको दुर्भाग्य : उत्साहप्रद आरम्भ र दर्दनाक अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण