बुधबार, १० असार २०८३
ताजा लोकप्रिय
अपडेट

फेवातालमा बेपत्ता युवकको शव फेला

मङ्गलबार, ०९ असार २०८३, २३ : ५१
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • फेवातालमा पौडी खेल्ने क्रममा बेपत्ता भएका १९ वर्षीय युवकको शव फेला परेको छ।
  • सशस्त्र प्रहरीको गोताखोर टोलीले फेवातालको २५ फिट गहिराइबाट शव निकालेको छ।
  • युवकको पहिचान अमर थापा क्षेत्रीको रूपमा भएको छ।

काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।

सोही महानगरपालिका–१५ रामबजार बस्ने १९ वर्षीय अमर थापा क्षेत्री म‌ंगलबार साँझ ७ः०० बजे फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।

घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नं २४ कालिका गण कास्कीबाट उनको खोजीकार्यको लागि गोताखोरसहितको टोली परिचालन भएको थियो । टोलीले फेवातालको करिब २५ फिट गहिराइबाट उनको शव बाहिर निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप