मधेसमा तामाङको इतिहासबारे चर्चा
सारांश
- मार्टिन चौतारीमा तामाङ समुदायको इतिहासबारे छलफल भयो।
- अनुसन्धानकर्ता निस्नु थिङले मधेसमा तामाङको बसोबासको इतिहासबारे जानकारी दिए ।
- उनले लालपुर्जा नपाएको र जमिनमाथि शोषण भएको कुरा व्यक्त गरे।
काठमाडौँ । मार्टिन चौतारीमा आइतबार तराई मधेसमा तामाङ समुदाय पुगेको इतिहासबारे चर्चा गरिएको छ ।
नियमित रूपमा हुने छलफलका क्रममा आइतबार अनुसन्धानकर्ता निस्नु थिङले आफूले अध्ययन गरेको तराई मधेसमा तामाङको इतिहासमाथि अनुभव सुनाएकी थिइन् । उनले आफ्नै बुबाबाजेको उदाहरण दिँदै करिब ३०० वर्षपहिले देखि मधेसको चुरेक्षेत्रमा तामाङ समुदाय पहाडबाट झरेर बसोबास गर्न थालेको बताइन् । उनको अध्ययनले खासगरी मधेसका सर्लाही, धनुषा, सिरहालगायत आठ जिल्लामा तामाङ समुदायले जङ्गल फाँडेर बस्न थालेको सुनाइन् ।
तत्कालीन महेन्द्र राजा सरकारदेखि अहिलेसम्म आइपुग्दा पनि तामाङ समुदायले भोगचलन गर्दै आएको प्राचीन भूमिको स्वामित्व प्राप्त गर्न नसकेको अनुसन्धानमार्फत उनले खुलाएकी थिइन् । “तामाङ समुदायले प्राचीनकालदेखि मधेसको भूमिको भोगचलन गर्दै आएको इतिहास छ, यद्यपि लालपुर्जा भने अझै पनि पाउन नसक्नु दुःखद स्थिति छ”, उनले भनिन्, “राज्य सत्तासँग तामाङ समुदायको पहुँच नहुँदा कथित ब्राह्मण समुदाय र मधेस समुदायको जमिनमाथिको प्रभुत्व बढेको देखिन्छ ।”
उनका अनुसार विंस २०२० देखि तराईमा पहाडिया र मधेस क्षेत्रका मान्छे बसोबास गर्न लागेको र तामाङ समुदायको राजनीतिक एवं शैक्षिक पहुँचको अभावले जग्गामाथि शोषण हुँदै गएको हो । “तामाङ समुदायको तीन पुस्ताले लालपुर्जा नपाएको अवस्था छ”, उनले भनिन् ।
अनुसन्धानकर्ता थिङले नेपाल खुला विश्वविद्यालयमा तामाङ इतिहासबारे पढाउनुहुन्छ भने तामाङ समुदायको विषयमा अध्ययन र अनुसन्धान गर्दै आएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न चार करोड विनियोजन
-
परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय
-
सम्पत्ति विवरण बुझाउने ९ हजार ६ सय पुगे, विरोध गर्नेले पनि बुझाए
-
स्ट्रेट अफ हर्मुजमा जहाज सञ्चालनमा केही समय लाग्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दा 'हेर्दाहेर्दै' मा राखियो
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण