एक सय ९० किशोरीले लिए आत्मरक्षा तालिम
मङ्गलबार, ०२ असार २०८३, १३ : १३
रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा)का चारवटा सामुदायिक विद्यालयमा सञ्चालित किशोरी लक्षित आत्मरक्षा तालिमबाट १९० जना किशोरी प्रशिक्षित भएका छन् ।
सामाजिक विकास डिभिजन कार्यालयको आयोजना तथा भैरहवा तेक्वान्दो क्लबको व्यवस्थापनमा गत वैशाख १७ देखि जेठ ३० गतेसम्म तालिम सञ्चालन भएको थियो ।
भैरहवा नमूना माध्यमिक विद्यालयका ५०, रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयका ५०, पक्लिहवा माध्यमिक विद्यालयका ५० र सूर्यदेव माध्यमिक विद्यालयका ४० किशोरीले तालिम लिएको भैरहवा तेक्वान्दो क्लबका सचिव तथा तेक्वान्दो प्रशिक्षक प्रकाशमान राजभण्डारीले जानकारी दिए ।
तालिम समापनमा सिद्धार्थनगर नगरपालिका–५ का वडाध्यक्ष पुरनप्रसाद श्रेष्ठले आफ्नो सुरक्षा आफैँ गर्न आत्मरक्षा तालिम वर्तमान समयको आवश्यकता भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
-
बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह
-
इरान भन्छ– युद्ध अन्त्य नै प्रमुख सर्त
-
युद्ध अन्त्य गर्न जेलेन्स्कीले पुटिनसँग भेटवार्ताका लागि राखे प्रस्ताव
-
सात प्रदेशको कुल बजेट संघीय बजेटको १४ प्रतिशतभन्दा कम, त्यसमा पनि केन्द्रकै तजबिजी
-
राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न चार करोड विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण