सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ
सारांश
- प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
- खुश्बु ओलीले विभिन्न व्यक्तिले आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएकी थिइन् ।
- साइबर ब्युरोले ६१ वर्षीय प्रद्युम्न श्रेष्ठलाई पक्राउ गरेको हो ।
काठमाडौँ । प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ओलीले विभिन्न व्यक्तिले आफ्नो चरित्र हत्या गरेको भन्दै उजुरी दिएसँगै साइबर ब्युरोले ६१ वर्षीय प्रधुमन श्रेष्ठलाई पक्राउ गरेको हो।
ब्युरोका सूचना अधिकारी दिलीप कुमार गिरीका अनुसार काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर ११ सतुंगल ठेगाना भएका उनलाई सोमबार पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतबाट आजै ४ दिन म्याद थप गरिएको छ ।
ओलीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट भएको तस्बिरमा अपशब्द तथा नकारात्मक टिप्पणी गरेर चरित्र हत्या गर्ने काम भएको भन्दै उनीसहित तीन दर्जन हाराहारीका व्यक्ति विरुद्ध उजुरी दर्ता गराएकी छन्।
आफ्नो चरित्र हत्या भएको भन्दै उनले केही दिनअघि संसद्मा समेत कुरा उठाएकी थिइन् भने संसद्मै गृहमन्त्री सुधन गुरुङले उजुरी दिन आग्रह गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याइने बताएका थिए।
यसैबिच ओलीले आफूविरुद्ध सामाजिक सञ्जालमा सङ्गठित रूपमा गालीगलौज, चरित्रहत्या र ज्यान मार्ने धम्की आएपछि कानुनी उपचारको बाटो रोज्न बाध्य भएको बताएकी छन् ।
सांसद ओलीले आफ्नो उजुरीका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइसकेको जानकारी प्राप्त भएको बताइन् ।
सांसद ओलीले लोकतन्त्रमा आलोचना स्वाभाविक भए पनि धम्की र दुर्व्यवहार स्वीकार्य नहुने स्पष्ट पारिन् । उनले भनिन्, 'मेरो विचार, धारणा वा राजनीतिक भूमिकालाई लिएर आम-नागरिकहरूले कठोर भन्दा कठोर आलोचना गर्न सक्नुहुन्छ। तर धम्की, घृणायुक्त अभिव्यक्ति, चरित्रहत्या र हिंसाको उक्साहट म कुनै पनि हालतमा स्वीकार गर्न सक्दिन।'
उनले आफ्नो व्यक्तिगत मोबाइल फोन र म्यासेन्जरमा समेत बलात्कार र भौतिक आक्रमणका धम्कीहरू आएको बताइन् । यस्ता गतिविधिमा संलग्नहरूको सङ्ख्या धेरै पुगेपछि आफू कानुनी प्रक्रियामा जान बाध्य भएको उनले बताइन्।
सांसद ओलीले टिकटक, युट्युब र फेसबुक जस्ता प्लेटफर्ममा आफ्नो विरुद्धमा घृणा फैलाउने सामग्री अझै पनि हटाउने समय रहेको भन्दै अन्यथा कानुनी परिणाम भोग्न तयार रहन सचेत गराएकी छन्। 'सामाजिक सञ्जालमा हुने दुर्व्यवहार र घृणायुक्त अभिव्यक्तिप्रति मेरो शून्य सहनशीलता रहनेछ,' उनले भनिन्।
सांसद ओलीले यस विषयमा गम्भीर चासो देखाएकोमा गृहमन्त्री र साइबर ब्युरोप्रति आभार समेत व्यक्त गरेकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण