आर्थिक सहयोग मागेको पत्र सार्वजनिक भएपछि रास्वपा कृष्णपुरद्वारा वडा सभापति बोहरामाथि छानबिनको माग
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कृष्णपुर नगर समितिले वडा सभापति सुरेश बोहरामाथि पार्टीको लेटरप्याड प्रयोग गरी आर्थिक सहयोग मागेको आरोपमा छानबिनको माग गरेको छ।
- नगर समितिले जिल्ला अनुशासन विभागलाई पत्र लेख्दै बोहराको हस्ताक्षरमा क्रसर उद्योगसँग ३० हजार रुपैयाँ मागिएको पत्र सार्वजनिक भएपछि विवाद बढेको जनाएको छ।
- वडा सभापति बोहराले भने प्राविधिक त्रुटिले पार्टीको नाम उल्लेख भएको दाबी गरेका छन्, तर नगर समितिले अनुशासनमा सम्झौता नहुने भन्दै निष्पक्ष छानबिनको माग गरेको छ।
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कृष्णपुर नगर समितिले पार्टीको नाम र लेटरप्याड प्रयोग गरी आर्थिक सहयोग मागेको विषयमा वडा नं. १ का सभापति सुरेश बोहरामाथि छानबिन गर्न माग गरेको छ।
नगर समितिले जिल्ला अनुशासन विभाग, कञ्चनपुरलाई एक पत्र लेख्दै यस विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। वडा सभापति बोहराको हस्ताक्षरमा पार्टीको आधिकारिक लेटरप्याड प्रयोग गरी रकम उल्लेख गरेर आर्थिक सहयोग मागिएको पत्र सार्वजनिक भएपछि पार्टीभित्र र बाहिर विवाद सिर्जना भएको थियो।
नगर समितिद्वारा प्रेषित पत्रमा भनिएको छ‘उक्त पत्र पार्टीको कुन निर्णय, प्रक्रिया वा अधिकारका आधारमा जारी गरिएको हो भन्ने विषय स्पष्ट नभएकाले सत्य तथ्य छानबिन गर्न आवश्यक देखिएको छ ।’
समितिले उक्त पत्र कुन प्रक्रिया, निर्णय वा अधिकारका आधारमा तयार पारिएको हो, हस्ताक्षर कुन परिस्थितिमा गरिएको हो र सम्बन्धित पक्षको वास्तविक भूमिका के हो भन्नेबारे निष्पक्ष छानबिन गरी यथार्थ अवस्था सार्वजनिक गर्न आग्रह गरेको छ।
पार्टीको विधान, नियम र अनुशासन बमोजिम आवश्यक निर्णय लिन अनुरोध गर्दै नगर समितिले भविष्यमा यस्ता गतिविधि दोहोरिन नदिन आवश्यक निर्देशन समेत जारी गर्न माग गरेको छ। पार्टीको आधिकारिक लेटरप्याड र नाम संस्थागत निर्णय र स्वीकृति अनुसार मात्र प्रयोग हुनुपर्नेमा पत्रमा जोड दिइएको छ।
सार्वजनिक भएको उक्त पत्रमा एक क्रसर उद्योगसँग ३० हजार रुपैयाँ आर्थिक सहयोग मागिएको उल्लेख थियो। यस विषयमा वडा सभापति बोहराले भने उक्त रकम स्थानीय सडक मर्मत र खेलकुद सामग्रीका लागि मागिएको र पार्टीको नाम उल्लेख हुनु प्राविधिक त्रुटि भएको दाबी गर्दै आएका छन्।
पार्टीको नगर समितिले भने अनुशासनको विषयमा कुनै सम्झौता नगर्ने संकेत दिँदै जिल्ला तहबाटै यसको किनारा लगाउन माग गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीको उदय र अवसानबाट रास्वपाले सिक्नुपर्ने पाठ
-
‘गदर : एक प्रेम कथा’ को २५ वर्ष, सम्झनामा अमरीश पुरी
-
युक्रेनसँगै मोल्डोभाको पनि ईयू प्रवेश प्रक्रिया अघि बढ्यो
-
निःशुल्क स्वास्थ्य पोर्टल सुरु गरेपछि १२ सय बढीको उपचार
-
‘माग्ने बुढा’ को अमेरिका बसाइ : ग्रीन कार्डको चर्चाबिच पत्नी सीताले खोलिन् वास्तविक रहस्य
-
इन्डोनेसियामा ६.७ म्याग्निच्युडको भूकम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण