कर्णाली प्रदेशको अधिवेशन स्थगन गर्न नन्दकिशोर बस्नेतले दिए उजुरी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको अधिवेशन स्थगित गर्न माग गर्दै केन्द्रीय कार्यालय र निर्वाचन आयोगमा उजुरी परेको छ ।
- सभापति पदका उम्मेदवार नन्दकिशोर बस्नेत (एनके) ले निर्वाचन प्रक्रिया स्थगित गर्न माग गर्दै उजुरी दिएका हुन् ।
- नेतृत्वका लागि विवाद हुँदा जेठ ३१ गते सुरु भएको अधिवेशनमा निर्वाचन हुन नसकेपछि बस्नेतको उजुरी आएको हो ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको अधिवेशन स्थगित गराउन माग गर्दै केन्द्रीय कार्यालय र निर्वाचन आयोगमा उजुरी परेको छ ।
सभापति पदका उम्मेदवार नन्दकिशोर बस्नेत (एनके)ले निर्वाचन प्रक्रिया स्थगित गरी पाउँ भनेर उजुरी दिएका हुन् । जेठ ३१ गते सुरु भएको अधिवेशन नेतृत्वका लागि विवाद हुँदा निर्वाचन हुन सकेको थिएन । बस्नेतको उजुरी आएको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए । अधिवेशन स्थगित गर्ने कि नगर्ने विषयमा निर्वाचन आयोगले नै निर्णय गर्ने उनले बताए ।
‘चुनावी प्रक्रिया स्थगित गर्ने विषयमा नन्दकिशोर बस्नेतको उजुरी आएको छ । यस विषयमा निर्वाचन आयोगले नै निर्णय लिन्छ’, रातोपाटीसँग उनले भने ।
कर्णालीमासोमबार सभापतिमा तीन जनाले उम्मेदवारी दिएका थिए भने मंगलबार निर्वाचन समेत सुरु भइसकेको छ । उम्मेदवारी दिनेमा वर्तमान सभापति मदन खड्का, कोषाध्यक्ष स्नेहा उपाध्याय र बस्नेत(एनके) रहेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाइरल भिडियोबारे के भन्छिन् सांसद सृष्टि भट्टराई ?
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
-
परीक्षामा विद्यार्थी अनुत्तीर्ण हुँदा व्यक्ति असफल हुन्छ कि प्रणाली ?
-
जिल्ला र प्रदेशको चुनावी नतिजाको 'साइड इफेक्ट' रास्वपाको महाधिवेशनमा देखिएला ?
-
सेयर बजार ६.३१ अङ्कले घट्यो, चार अर्बको कारोबार
-
कस्ताे छ सात वटै प्रदेशले ल्याएकाे बजेट ? सुशासन र कृषि प्राथमिकतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण