मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

रास्वपा कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि बल्ल मतदान सुरु

मङ्गलबार, ०२ असार २०८३, ११ : ३२
मङ्गलबार, ०२ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको प्रथम अधिवेशन अन्तर्गत मंगलबार मतदान सुरु भएको छ ।
  • प्रतिनिधि छनोटदेखि अनेक विवादका कारण मतदान प्रक्रिया ढिलाइ भएको थियो ।
  • कर्णालीमा सभापतिका लागि मदन खड्का, स्नेहा उपाध्याय र नन्दकिशोर बस्नेत (एनके) उम्मेदवार छन् ।

सुर्खेत । आइतबारदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको प्रथम अधिवेशन अन्तर्गत मंगलबार मतदान सुरु भएको छ ।

प्रतिनिधि छनोटदेखि अनेक विवादका कारण मतदान प्रक्रिया ढिलाइ भएको हो ।

यसअघि निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार, सोमबार दिउँसो १ बजे मतदान प्रक्रिया अघि बढाइने र बेलुकासम्म मत परिणाम घोषणा गरिसक्ने थियो ।

तर विवादका कारण सोमबार मतदान सुरु हुन सकेन । मंगलबार बिहान ११ बजेपछि भनजे बल्ल मतदान सुरु भएको हो ।

कर्णालीमा सभापतिका लागि मदन खड्का, स्नेहा उपाध्याय र नन्दकिशोर बस्नेत (एनके) उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप