मुस्ताङमा भारतीय सहयोगमा निर्मित गुम्बा विद्यालयको छात्रावास भवन उद्घाटन
सारांश
- भारत सरकारको आर्थिक सहयोगमा मुस्ताङको लोमन्थाङमा निर्मित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयको नयाँ छात्रावास भवनको उद्घाटन गरिएको छ।
- नयाँ दुई तले आधुनिक छात्रावास भवनले स्थानीय सांस्कृतिक सम्पदा संरक्षण गर्ने विद्यालयको भूमिकालाई थप बलियो बनाउनेछ।
- यस परियोजनाले नेपाल-भारत द्विपक्षीय सहयोग र विकास साझेदारीको प्रतिबद्धतालाई जोड दिएको छ।
मुम्ताङ । मुस्ताङ जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको औपचारिक उद्घाटन भएको छ।
मुस्ताङको लोमन्थाङ गाउँपालिका वडा नं १ मा अवस्थित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयका लागि निर्माण गरिएको नयाँ छात्रावास भवनको नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले सोमबार संयुक्त रूपमा उद्घाटन गरेका हुन्।

चारवटा ब्लक र अन्य सम्बद्ध संरचनाहरू सहितको यो दुई तले आधुनिक छात्रावास भवनको निर्माण कार्यलाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको थियो। यस परियोजनाको सफल कार्यान्वयन लोमन्थाङ गाउँपालिका मार्फत गरिएको हो। मुस्ताङको यस लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ्ग गुम्बा विद्यालयले स्थानीय सांस्कृतिक सम्पदाको संरक्षणमा लामो समयदेखि महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। यस विद्यालयले परम्परागत बौद्ध शिक्षाका अतिरिक्त नेपाल सरकारको शैक्षिक प्रणाली र मापदण्ड अनुरूपको गुणस्तरीय पाठ्यक्रम समेत विद्यार्थीहरूलाई प्रदान गर्दै आएको छ।
भवन उद्घाटनका क्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यस परियोजनासँग जोडिएका सम्पूर्ण सरोकारवालाहरूलाई शुभकामना व्यक्त गरे। उनले दुई देशबिचको साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धतालाई फेरि एकपटक दोहोर्याएका छन्।

सोही अवसरमा लोमन्थाङ गाउँपालिकाका अध्यक्ष, विद्यालय व्यवस्थापन तथा स्थानीय सरोकारवालाहरूले भारत सरकारको तर्फबाट प्रदान गरिने विकास सहयोगको उच्च प्रशंसा गरे। उनीहरूले नयाँ भौतिक पूर्वाधारको निर्माणसँगै विद्यालयको आवास सुविधा र समग्र सिकाइ वातावरणमा ठूलो सुधार आउने कुरामा जोड दिए।
नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु भएयता भारत सरकारले देशका सबै ७ वटै प्रदेश र ७४ वटा जिल्लाहरू समेट्ने गरी करिब ६०० वटा साना तथा ठूला परियोजनाहरू अघि बढाइसकेको छ। यसमध्ये मुस्ताङ जिल्लाका १८ वटा परियोजनासहित गण्डकी प्रदेशका विभिन्न क्षेत्रहरूमा मात्रै ६३ वटा परियोजनाहरू रहेका छन्।
विगतका वर्षहरूमा भारत सरकारले मुस्ताङ जिल्लामा ११ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस सहयोग गरिसकेको छ। यसैगरी समग्र गण्डकी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूलाई अहिलेसम्म १२६ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३८ वर्षको उमेरमा पनि सबैको नजर लियोनेल मेस्सीमा
-
बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह
-
इरान भन्छ– युद्ध अन्त्य नै प्रमुख सर्त
-
युद्ध अन्त्य गर्न जेलेन्स्कीले पुटिनसँग भेटवार्ताका लागि राखे प्रस्ताव
-
सात प्रदेशको कुल बजेट संघीय बजेटको १४ प्रतिशतभन्दा कम, त्यसमा पनि केन्द्रकै तजबिजी
-
राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न चार करोड विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण