गर्मी छल्न पोखरा ओर्लिए भारतीय पर्यटक, ‘अफसिजन’ मा पनि होटलहरू भरिभराउ
सारांश
- गर्मी छल्न र बिदा मनाउन भारतीय पर्यटकहरूले नेपाललाई रोजेका कारण पोखरा अहिले पर्यटकले भरिभराउ भएको छ।
- अफसिजनको यो समयमा पनि लेकसाइड क्षेत्रमा भारतीय पर्यटकको चहलपहल बढेको छ, जसले डुङ्गा सयर र पदयात्रा जस्ता पर्यटकीय गतिविधिहरूलाई सक्रिय बनाएको छ।
- भारतीय पर्यटकको उल्लेख्य आगमनले पोखराका होटलहरू भरिभराउ भएका छन् र पर्यटन व्यवसायीहरू उत्साहित भएका छन्।
कास्की । भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै नेपालको पर्यटकीय राजधानी पोखरा यतिबेला पर्यटकले भरिभराउ बनेको छ। विशेषगरी लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढेसँगै डुङ्गा सयर, पदयात्रा तथा अन्य पर्यटकीय गतिविधिहरू पनि निकै सक्रिय बनेका छन्।
डुङ्गा व्यवसायीहरूका अनुसार फेवातालमा एकै दिन पाँच हजारभन्दा बढी पर्यटकले डुङ्गा सयर गरेका छन्। अन्नपूर्ण क्षेत्रलगायत आसपासका विभिन्न पदमार्गहरूमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ।
_HqmlpZGQY6.jpg)
पर्यटकको बढ्दो चापसँगै पोखराका अधिकांश होटलहरू भरिभराउ भएका छन्। सामान्यतया ‘अफसिजन’ अर्थात् पर्यटक कम आउने मानिने यस अवधिमा समेत पर्यटकको संख्या उल्लेख्य रूपमा बढेपछि पर्यटन व्यवसायीहरू निकै उत्साहित बनेका छन्। पर्यटन क्षेत्रका सरोकारवालाहरूका अनुसार वैशाखयता भारतीय पर्यटकको आगमन निरन्तर बढिरहेको छ। यो अवस्था नेपालको समग्र पर्यटन उद्योगका लागि सकारात्मक र सुखद संकेत हो।
_sWnx3YUeyR.jpg)
होटल व्यवसायीहरूले विगतका वर्षहरूको तुलनामा यस वर्ष भारतीय पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको बताएका छन्। नेपाली नयाँ वर्षयता सुरु भएको पर्यटक आगमनको लहर जेठ महिनाको अन्त्यसम्म पनि निरन्तर कायम रहेको छ। पोखरा मात्र नभई गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू, विशेषगरी मुक्तिनाथ तथा विभिन्न पदयात्रा मार्गहरूमा समेत भारतीय पर्यटकको संख्या उत्साहजनक देखिएको छ।
_MjmopWcVAO.jpg)
भारतमा बढ्दो गर्मीबाट राहत खोज्न तथा बिदाको सदुपयोग गर्न भारतीय नागरिकहरूले नेपाललाई आकर्षक र सहज गन्तव्यका रूपमा रोज्न थालेका छन्। पर्यटन व्यवसायीहरूका अनुसार भारतीय पर्यटकको यो बढ्दो आगमनले पोखरा तथा समग्र नेपालको पर्यटन उद्योगमा नयाँ उत्साह थपेको छ।
_QzxoBqd0aR.jpg)
_8L0wNf9At8.jpg)
_uPa2CVgRdX.jpg)
_daebcsnHAp.jpg)
_0FfiTvaDjX.jpg)
_v6ReLJp5fr.jpg)
_YAlTo3O5qn.jpg)
_CpZjorqExg.jpg)
_Sj8fAuV09o.jpg)
_zVkBqeJEDo.jpg)
तस्बिर : अर्जुन गाहा/ नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पासपोर्ट विभागका डीजीलाई सुरुमा प्रधानमन्त्री कार्यालयमा बोलावट, त्यसपछि अख्तियारको जिम्मा
-
एमालेको ऐना पुछ्ने प्रवृत्ति र चुनावी समीक्षाको यथार्थ
-
सुधार नगरे काठमाडौँको सडक ठप्प हुने ट्राफिक प्रहरीको चेतावनी, नियम मिच्नेलाई ५० हजारसम्म जरिवाना प्रस्ताव
-
टुँडिखेलमा धमाधम सारिँदै छ दुबो (तस्बिरहरू)
-
बेलायतले खोस्यो रुसको छद्म तेल ट्याङ्कर
-
रवि र जीबीविरुद्ध सहकारी ठगी बाहेकका अभियोग हटाउँदा रुपन्देही जिल्ला अदालतले के भन्यो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण