बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

छोरीलाई जैमिनीको मुद्दती खाता

सोमबार, १५ मङ्सिर २०८२, ०४ : ४३
सोमबार, १५ मङ्सिर २०८२

सारांश

  • जैमिनी नगरपालिकाले 'जैमिनीको छोरी' कार्यक्रम अन्तर्गत छोरीहरुको मुद्दती खाता खोलिदियो।
  • नगर उपप्रमुख हरिहर शर्माले चालु आर्थिक वर्षमा खाता खोल्न बाँकी रहेको जानकारी दिए।
  • कार्यक्रमले छोरीप्रतिको सकारात्मक सोचको विकास गर्ने लक्ष्य लिएको छ।

बागलुङ। जैमिनी नगरपालिकाले ‘जैमिनीको छोरी’ कार्यक्रम अन्तर्गत आफ्नो नगरक्षेत्रमा जन्मिएका ४१ जना छोरीलाई मुद्दती खाता खोलिदिएको छ । नगरपालिकाले छोरी जन्माउनेलाई प्रोत्साहन गर्न गत आर्थिक वर्षदेखि नगरभित्र जन्मेका छोरीलाई मुद्दती खाता खालिदिन सुरु गरेको थियो ।  

चालु आर्थिक वर्षमा जन्मेका छोरीको खाता खोल्न बाँकी रहेको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले जानकारी दिए । प्रत्येक छोरीलाई रु दुई हजार ५०० का दरले नगरपालिकाको तर्फबाट खातामा रकम जम्मा गरेर खाता उपहार प्रदान गरिएको उप–प्रमुख शर्माले बताए । उक्त मुद्दती खातामा चक्रीय ब्याज आउने गरी बैङ्कसँग समन्वय गरिएको छ ।  

“छोरीको भ्रुणहत्या रोक्न, छोरीप्रतिको सकारात्मक सोचको विकास गर्दै जन्मेपछि जन्म दर्ता गर्ने प्रकृतिको विकास गर्न यो कार्यक्रम ल्याइएको हो”, शर्माले भने, “गत वर्ष निर्देशिका बनाउन समय लाग्यो, केही छोरीहरू छुटेका समेत छन्, चालु आर्थिक वर्षमा गत आर्थिक वर्षदेखि यता जन्मेका नगरका सबै छोरीको मुद्दती खाता खोलिन्छ ।”

छोरी जन्मेपछि वडा कार्यालयमा जन्म दर्ता गर्न आउँदा नगरपालिकाले मुद्दती खाता खोलेर सो रकम जम्मा गरिदिने र अभिभावकसमेतलाई उक्त खातामा दक्षअनुसार रकम जम्मा गर्न अनुरोध गर्दै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप