५ अभिनेत्री, जसले गरे आफ्नै ‘बेस्ट फ्रेन्ड’का श्रीमान्सँग विवाह
काठमाडौँ । बलिउड कलाकारका थुप्रै प्रेम कथा छन् । कतिपय मित्रताबाट प्रेममा बदलिएको छ भने केही प्रेम सम्बन्ध पनि छन्, जुन विवादको कारण बनेको छ । अहिले चर्चा बलिउडका ती ५ चर्चित अभिनेत्रीको गर्न खोजिएको छ । जसले आफ्नै मिल्ने साथीको श्रीमान्सँग विवाह गरेका छन् ।
हंसिका मोटवानी
बलिउड फिल्मको अलवा टिभी र साउथमा समेत काम गरिसकेकी अभिनेत्री हंसिका मोटवानीले सन् २०२२ मा व्यवसायी सोहेल कठुरियासँग विवाह गरिन् ।
तर, विवाहअघि नै यो खबर बाहिर आयो कि सोहेल हंसिकाकी साथी रिंकी बजाजका पूर्वपति हुन् ।यो विवाहका कारण हंसिका र रिंकीको मित्रता टुट्यो । यो विषय निकै चर्चामा रह्यो ।
यद्यपि, हालै उनीहरूको वैवाहिक जीवनमा खटपट आएको र अलग बस्न थालेको हल्ला चल्न थालेको छ ।
शिल्पा शेट्टी
बलिउडकी फिटनेस फ्रेम शिल्पा शेट्टीले सन् २००९ मा राज कुन्द्रासँग विवाह गरिन् ।राजले शिल्पाअघि कविता कुन्द्रासँग विवाह गरेका थिए । कविता शिल्पाकी राम्रो साथी थिइन् । कवितासँगको सम्बन्ध विच्छेदपछि राज र शिल्पाले विवाह गरेका थिए । जसले बलिउडमा निकै गसिप सिर्जना गर्यो ।
अमृता अरोडा
मलाइका अरोडाकी बहिनी अमृताले व्यवसायी शकील लदाकसँग विवाह गरिन् । शकीलले उनी अघि निशा राणासँग विवाह गरेका थिए । जो अमृताकी नजिककी साथी थिइन् । निशासँगको सम्बन्ध विच्छेदपछि अमृताले शकीलसँग लगनगाँठो कसिन् ।
सोनिया कपुर
टेलिभिजन अभिनेत्री सोनिया कपुरले सन् २०१८ मा चर्चित संगीतकार तथा गायक हिमेश रेशमियासँग विवाह गरिन् । हिमेश पहिले कोमलसँग विवाह गरेका थिए । रोचक कुरा के छ भने, कोमल सोनियाकी राम्रो साथी थिइन् । सन् २०१७ मा हिमेश र कोमलको सम्बन्ध विच्छेदपछि सोनियाले हिमेशसँग विवाह गरेकी हुन् ।
रविना टण्डन
अभिनेत्री रविना टण्डनले सन् २००४ मा फिल्म वितरक अनिल थडानीसँग विवाह गरिन् ।
अनिलको पहिले नताशा सिप्पीसँग विवाह भएको थियो । नताशा बलिउड निर्माता रोमु सिप्पीकी छोरी र रविनाकी ‘बेस्ट फ्रेन्ड’ थिइन् । फिल्म ‘स्टम्प्ड’ को सेटमा रविना र अनिलको भेट भएको थियो । पछि दुवैले विवाह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण