आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

तीन दिने स्वास्थ्य परीक्षण शिविरको पहिलो दिन १६१ जनाको परीक्षण

बिहीबार, १८ मङ्सिर २०८२, ०० : १२
बिहीबार, १८ मङ्सिर २०८२

सारांश

  • बर्दियाको बढैयातालमा अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण शिविर सुरु भयो ।
  • शिविरको पहिलो दिन १६१ जनाको स्वास्थ्य परीक्षण गरियो ।
  • शिविरमा शारीरिक, दृष्टि र कानसम्बन्धी समस्या भएका व्यक्तिहरूको परीक्षण गरियो ।

बर्दिया। ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा बर्दियाको बढैयातालमा तीन दिने अपाङ्गता पहिचान तथा स्वास्थ्य परीक्षण शिविर सुरु भएको छ । 

बढैयाताल गाउँपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा गाउँपालिका–९ स्थित शक्तिनगरमा ‘अपाङ्गका समावेशी समाजको प्रवर्द्धन, सामाजिक उन्नतिको संवर्द्धन’ भन्ने मूल नाराका साथ मोबाइल स्वास्थ्य परीक्षण शिविरको शुभारम्भ गरिएको हो ।

शिविरको पहिलो दिन आज १६१ जनाको स्वास्थ्य परीक्षण गरिएको शाखा प्रमुख सुजिता चौधरीले जानकारी दिइन् । जसमध्ये शारीरिक समस्या भएका ८०, दृष्टि समस्या भएका ४५ जना तथा कानसम्बन्धी समस्या रहेका ३६ जना रहेका छन् । 

शिविर आइएनएफ, सिबिएम नेपाल, एचआरडिसी, बिएन हस्पिटल नेपालगन्ज, बर्दिया आँखा अस्पताल मधुवनको सहकार्य, अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र हबल्दारपुर, बाँके तथा बर्दिया अपाङ्ग पुनर्स्थापना केन्द्रको समन्वयमा सञ्चालन भइरहेको छ । 

गाउँपालिका उपाध्यक्ष लक्ष्मीकुमारी अधिकारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष हिमालय त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अर्जुन थारु, लेखा अधिकृत नारायणप्रसाद त्रिपाठी, विभिन्न साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप