मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

जेनजी महोत्सवमा युवाहरू उपस्थित नभएपछि प्रचण्डले पोखे असन्तुष्टि

बुधबार, २४ मङ्सिर २०८२, १५ : ००
बुधबार, २४ मङ्सिर २०८२

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी महोत्सवको उद्घाटन कार्यक्रममा युवाहरू उल्लेख्य उपस्थित नभएपछि असन्तुष्टि पोखेका छन् । राष्ट्रियसभा गृहमा अखिल क्रान्तिकारीको आयोजनामा आजदेखि सुरु भएको जेनजी महोत्सव उद्घाटनका लागि प्रचण्ड गएका थिए । तर हलमा युवाहरूको न्यून उपस्थिति देखिएपछि समापन सत्रमा यस्तो नहोस् भनेर आयोजकलाई सुझाव दिए ।

‘तपाईंहरूले जेनजी महोत्सव आयोजना गर्नुभयो । यो राम्रो कुरा हो । तर यहाँ जुन रुपमा उपस्थित हुनुपर्थ्यो, त्यस्तो नहुँदा अलि (खल्लो जस्तो) नमज्जा लागेको छ । समापन समारोहमा हल खचाखच होस् । हामीसँग जति पनि छन् युवाहरू । तपाईंले वाईसीएललाई भन्न सक्नुहुन्थ्यो । हामीलाई पनि भन्न सक्नुहुन्थ्यो । देशभर एकता सन्देश सभामा खचाखच मानिस उपस्थित भएका छन्’, प्रचण्डले असन्तुष्टि पोख्दै भने ।

उनले भने, ‘हल खचाखच गर्न तपाईंलाई केही गाह्रो थिएन । आउने दिनमा तयारी गरेर मात्र आयोजना गर्न म निर्देशन समेत दिन्छु । बरु दुई दिन ढिला भएर केही बिग्रिँदैनथ्यो । चार दिन ढिला भएर केही बिग्रिँदैनथ्यो ।’  

पुस ५ गतेसम्म हुने महोत्सवमा युवाहरूको प्रतिभाको खोजी गरिने आयोजक पक्षले बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप