बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल मंसिर २५ गतेको बार, तिथि, नक्षत्र र अन्य विवरणहरू उल्लेख गरिएको छ।
- मेष, मिथुन, कर्कट, सिंह, तुला, वृश्चिक, धनु, कुम्भ र मीन राशिका व्यक्तिहरूको लागि राशिफल दिइएको छ।
- शुभ र अशुभ समयहरू, राहुकाल र ब्रहा मुहुर्तको बारेमा जानकारी दिइएको छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल मंसिर २५गते । बिहीबार । इस्वी सन् २०२५ डिसेम्बर ११ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष कृष्णपक्ष । तिथि–सप्तमी, ३० घडी २३ पला, बेलुकी ६ बजेर ५५ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–मघा, ३ घडी ५६ पला, बिहान ८ बजेर २० मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–विष्कुम्भ, २६ घडी ३१ पला, बेलुकी ५ बजेर २२ मिनेट उप्रान्त प्रिती । करण– भद्रा, बिहान ७ बजेर २ मिनेट उप्रान्त बव, बेलुकी ६ बजेर ५५ मिनेट उप्रान्त बालव । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–सिंह ।
काठमाडौमा सूर्योदय बिहान ६ बजेर ४६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ७ मिनेट । दिनमान २५घडी ५५ पला ।
आजको बार बेला ।
बिहान ६ बजेर ४६ मिनेटसम्म शुभ बेला ।
- बिहान ६ बजेर ४७ मिनेटदेखि बिहान ८ बजेर ३ मिनेटसम्म रोग बेला ।
- बिहान ८ बजेर ४ मिनेटदेखि बिहान ९ बजेर २१ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ९ बजेर २२ मिनेटदेखि बिहान १० बजेर ३९ मिनेटसम्म चर बेला ।
- बिहान १० बजेर ४० मिनेटदेखि बिहान ११ बजेर ५७ मिनेटसम्म लाभ बेला ।
- बिहान ११ बजेर ५८ मिनेटदेखि दिउँसो १ बजेर १४ मिनेटसम्म अमृत बेला ।
- दिउँसो १ बजेर १५ मिनेटदेखि दिउँसो २ बजेर ३२ मिनेटसम्म काल बेला ।
- दिउँसो २ बजेर ३३ मिनेटदेखि बेलुकी ३ बजेर ५० मिनेटसम्म शुभ बेला ।
- दिउँसो ३ बजेर ५१ मिनेटदेखि बेलुकी ६ बजेर ५० मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो १ बजेर १४ मिनेटदेखि दिउँसो २ बजेर ३२ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।
ब्रहा मुहुर्त
बिहान ५ बजेर ८ मिनेटदेखि बिहान ५ बजेर ५६ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आकस्मिक धन सम्पत्ति लाभ हुने तथा चिट्ठा, उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नीबिचको मायाको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरीले तपाईँको काममा भरपुर सहयोग तथा समर्थन गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । विद्या र खेलकुदमा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईँकै पोल्टोमा पर्नेछ । वित्तीय बजारमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्य सम्बन्धी समस्या आई काम गर्न बाधा हुनेछ । आमा, आफन्त तथा साथीभाइबाट टाढिएर लामो दुरीको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । राजनीतिमा आलोचना गर्नेहरू सक्रिय भएर लाग्नेछन् । अध्ययनमा समय दिन सकिने छैन भने बौद्धिक समारोहमा भाग लिने अवसर आए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । तर पनि कृषि तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट सन्तोषजनक आम्दानी गर्न सकिनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) तपाईँले सुरु गरेको काममा आफन्त तथा दाजुभाइहरूको सहयोग तथा समर्थन रहनेछ । व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ भने घर परिवारका आवश्यकताहरु पुरा गर्न सकिनेछ । विवादित विषय तपाईँ आफ्नै पक्षमा निर्णय हुनेछ । प्रेममा नजिक हुने समय रहेको छ भने लामो समयदेखि भेट नभएका मित्रहरू भेटिने हुँदा मन प्रसन्न रहनेछ । पढाइ लेखाइमा तथा खेलकुदमा प्रतिस्पर्धीहरूलाई पछि पार्दै तपाईंको नाम अग्र स्थानमा आउनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) धन स्थानमा गोचर गर्ने चन्द्रमाले नयाँ प्रकृतिको व्यवसायमा लगानी गर्दा प्रशस्त धन तथा भौतिक बस्तुहरू जोड्न सकिनेछ । काउन्सेलिङ, मोटिभेसन, सञ्चार पेसा व्यवसायमा समय खर्चिनेहरूका लागी समयले साथ दिनेछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । मन पर्ने भोजन, उत्तम वस्त्र तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने हुनाले मन प्रसन्न रहनेछ । लामो समयदेखि भेटघाट नभएका मित्रहरू भेटिने योग रहेको छ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । अध्ययन वा खेलकुदमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा बिलासी वस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । वित्तीय बजारमा लगानी गरी थोरै भए पनि नाफा कमाउन सकिनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दैनिक खर्च बढ्नेछ भने स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । पढाइ लेखाइमा मन नजाँदा अरू भन्दा पछि परिनेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । शेयर बजार तथा व्यापारमा सुझबुझका साथ लगानी गर्नुपर्ने समय रहेको छ । लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो समयदेखि रोकिएर बसेका कामहरू बन्नेछन् । व्यापार तथा शेयर बजारबाट आम्दानी बढ्नेछ । परिवारका इच्छा, आकांक्षा तथा मनोकामना पूर्ति गर्न सकिनेछ । पैतृक धन तथा सञ्चित धनको प्रयोग गर आम्दानीमा वृद्धि गर्न सकिनेछ । अध्ययन तथा खेलकुदमा प्रतिस्पर्धीहरूलाई उछिन्दै अग्र स्थानमा आउन सकिनेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी जनताको समर्थन पाइने तथा पद प्राप्तिको योग रहेको छ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । नयाँ काम पाइने वा नोकरीमा बढोत्तरीको योग रहेको छ । व्यवसाय वा शेयर बजारमा लगानी बढाइँ मनग्गे धन आर्जन गर्न सकिनेछ भने विभिन्न अवसरहरूले पछ्याउनेछन् । प्राकृतिक स्रोत तथा सम्पत्तिको प्रयोग गरी आए बढाउन सकिनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भाग्य तथा धर्म भावमा गोचर गर्ने चन्द्रमाले छोटो दुरीको यात्राको योग रहेको छ । सानो प्रयत्नले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । पढाइ लेखाइको लागी समय उत्तम रहेको छ भने खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार तथा वित्तीय क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ । किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा धोका तथा अविश्वास हुनेछ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । सानातिना घरेलु समस्या सुल्झाउँदा सुल्झाउँदै समय बित्नेछ । आफन्त तथा चेली माइती बिच मनमुटाब सिर्जना नहोला भन्न सकिन्न ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । व्यापारको सिलसिलामा छोटो दुरीको यात्रा हुने अधिक सम्भावना रहेको छ । भौतिक साधनहरू जुट्नेछन् प्रविधिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययन, लेखन, कला साहित्य तथा गीत संगितमा चासो बढ्नेछ भने तपाईँको प्रतिभाको उच्च कदर हुनेछ । प्रेम सम्बन्धमा विश्वासको वातावरण बढ्ने तथा दाम्पत्य जीवन सुमधुर बन्नेछ । जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) प्रियजन भेट हुनुको साथै आतिथ्यपूर्ण सम्मान पाइनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागी यात्राको तय गर्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । नोकरीमा पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । बैक तथा वित्तीय क्षेत्रमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रेसिडेन्सियल इन्नोभिस्टा २.० सम्पन्न : एआईदेखि रोबोटिक्ससम्मका परियोजना प्रदर्शन
-
कर्णालीका मन्त्रीको मनपरी : भौतिकले नमानेपछि निर्वाचन क्षेत्रमा आफ्नै मन्त्रालयबाट ५ करोडको योजना
-
बेन स्टोक्सको आश्चर्यजनक संन्यास
-
थारु समुदायको परम्परा संरक्षण गर्न लुम्बिनीमा विधेयक
-
रास्वपाको प्राक्टिस त्यही एमालेजस्तै त भयो, कांग्रेसको जत्ति पनि भएन
-
शरीरमा कुन रोग लाग्दा आँखामा कस्तो लक्षण देखिन्छ? जान्नुहोस् १० सङ्केत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण