थाइल्याण्ड र कम्बोडिया युद्ध अन्त्य गर्न सहमतः ट्रम्प
अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडिया शुक्रवार साँझदेखि लागू हुनेगरी युद्ध अन्त्य गर्न सहमत भएको बताएका छन् । थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नविराकुल र कम्बोडियाका प्रधानमन्त्री हुन मानेटसँग उनीहरूको लामो समयदेखि चलिरहेको युद्धको दुर्भाग्यपूर्ण पुनर्जागरणको बारेमा आफूले धेरै राम्रो कुराकानी गरेको उनले दाबी गरे ।
दुवै देश शान्तिको लागि तयार रहेको उनको भनाइ छ । जुलाईको अन्त्यमा सशस्त्र झडपपछि गत आईतवार दिउँसो थाइल्याण्ड–कम्बोडिया सीमा द्वन्द्व पुनः चर्किएको थियो ।
थाई रक्षा मन्त्रालयका प्रवक्ता सुरसान्त कोङसिरीले कम्बोडियासँगको पछिल्लो सीमा झडपमा नौ थाई सैनिकको मृत्यु भएको बताए । १२० भन्दा बढी घाइते भएका छन् र लगभग २ लाख थाई नागरिकहरू विस्थापित भएका छन् ।
स्थानीय समयअनुसार शुक्रवार दिउँसोसम्म सीमा लडाईंबाट कम्बोडियाली विस्थापितहरूको संख्या ३ लाख भन्दा बढी पुगेको कम्बोडियाली गृह मन्त्रालयले एक प्रेस विज्ञप्तिमा जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
-
कोशीको बजेट विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन
-
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
-
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
-
गोल्डेन बुटको दौड : मेस्सीसँग बराबरीमा एम्बाप्पे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण