आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

ब्राउन विश्वविद्यालयमा गोलाबारी हुँदा दुई जनाको मृत्यु, आठ जना गम्भीर घाइते

आइतबार, २८ मङ्सिर २०८२, ०७ : १०
आइतबार, २८ मङ्सिर २०८२

काठमाडौँ । अमेरिकाको रोड आइल्याण्डको ब्राउन विश्वविद्यालयमा गोलाबारी हुँदा दुई जनाको मृत्यु  भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् । शनिबार साँझ विश्वविद्यालयमा गोलाबारी भएको हो । 

अस्पतालमा घाइतेहरूको अवस्था स्थिर रहेको बताइएको छ ।  प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले अधिकांश घाइते गम्भीर रहेकोले मृतकको संख्या बढ्न सक्ने बताएकी छिन् । 

घटनाका संदिग्ध अझै फरार छन् । प्रहरीले आक्रमणकारी कालो पोसाक लगाएका पुरुष भएको र पैदलै भागेको बताएको छ । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार स्थानीय समय अनुसार १६ः०५ मा भएको गोलीबारीबारे आफूलाई जानकारी गराइएको बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप