शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्लास्टिक सर्जरीको चर्चामा रकुल प्रीत सिंहको आक्रोश, दिइन् चेतावनी

बिहीबार, ०३ पुस २०८२, ११ : ५८
बिहीबार, ०३ पुस २०८२

सारांश

  • अभिनेत्री रकुल प्रीत सिंहले कस्मेटिक सर्जरीको हल्लाको कडा विरोध गरिन् र यसलाई झुटो दाबीको रूपमा वर्णन गरिन्।
  • उनले एक प्रयोगकर्तालाई 'ठग' को संज्ञा दिँदै बिना प्रमाण गलत जानकारी फैलाएको आरोप लगाइन् र नक्कली डाक्टरहरूबाट सावधान रहन आग्रह गरिन्।
  • रकुलले कडा मेहनत र व्यायामबाट हुने शारीरिक परिवर्तनलाई सर्जरीको नाम दिनु गलत भएको बताइन्, र आफ्नो फिल्म 'दे दे प्यार दे २' मा काम गरेकी थिइन्।

मुम्बई । बलिउड अभिनेत्री रकुल प्रीत सिंहले आफ्नो लुक्सलाई लिएर सामाजिक सञ्जालमा फैलिएको कस्मेटिक सर्जरीको चर्चाप्रति कडा आपत्ति जनाएकी छन्। आफूलाई कस्मेटिक सर्जन बताउने डाक्टर प्रशान्त यादव नामका एक प्रयोगकर्ताले रकुलको पुरानो र नयाँ तस्बिर तुलना गर्दै उनले बोटोक्स, फिलर्स र नोज जब (नाकको सर्जरी) गराएको दाबी गरेपछि अभिनेत्री आक्रोशित बनेकी हुन्। 

रकुलले ती व्यक्तिलाई ‘ठग’ को संज्ञा दिँदै बिना कुनै प्रमाण गलत जानकारी फैलाएको र मानिसहरूलाई भ्रमित पारेको आरोप लगाएकी छन्। उनले सामाजिक सञ्जालमार्फत यस्ता नक्कली डाक्टरहरूबाट सावधान रहन समेत सबैलाई आग्रह गरेकी छन्।

अभिनेत्रीले आफूलाई सर्जरी गराउने कुरामा कुनै आपत्ति नभए पनि कडा मिहिनेतबाट हुने तौल घटाउने प्रक्रियालाई सर्जरीको नाम दिनु गलत भएको बताएकी छन्। उनले डाक्टर भनिएका ती व्यक्तिलाई प्रश्न गर्दै ‘कडा मिहिनेत र व्यायामबाट आउने शारीरिक परिवर्तनका बारेमा कहिल्यै सुनेको छ ?’ भन्दै व्यङ्ग्य गरेकी छन्। रकुलले आफू एक कलाकार भएकाले आधुनिक र प्राचीन दुवै विज्ञान बुझ्ने दाबी गर्दै तथ्य जाँच नगरी जथाभाबी बयान नदिन सचेत गराएकी छन्।

रकुल हालै अजय देवगनसँग फिल्म 'दे दे प्यार दे २' मा देखिएकी थिइन्। यसै वर्ष फेब्रुअरीमा अर्जुन कपुरसँग उनको फिल्म ‘मेरे हस्बेन्ड की बीवी’ पनि प्रदर्शनमा आएको थियो। यद्यपि, यी दुवै फिल्मले बक्स अफिसमा सोचेजस्तो सफलता पाउन सकेनन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप