जेनजी इन्डिजिनियसले भन्यो – मिराज ढुंगाना ‘भगौडा’ हुन्, आन्दोलनमा सहभागी नहुन अपिल
विराटनगर । मिराज ढुंगाना नेतृत्वको समूहले घोषणा गरेको ‘संयुक्त जेनजी’ आन्दोलनप्रति 'जेनजी इन्डिजिनियस' ले कडा आपत्ति जनाएको छ। सोमबारका लागि तय गरिएको उक्त आन्दोलनलाई अरुकै स्वार्थ र उक्सावटमा गरिएको एकतर्फी कदम भन्दै यसले भ्रम फैलाउन खोजेको आरोप लगाइएको हो।
जेनजी इन्डिजिनियसका संयोजक संग्राम सिंह किराँतीले एक विज्ञप्ति जारी गर्दै ढुंगानाको समूहले राखेको सर्वपक्षीय सरकारको माग नै सन्देहास्पद र दमनकारी शक्तिहरूको एजेन्डा भएको दाबी गरेका छन्।
विज्ञप्तिमा मिराज ढुंगानालाई २३ भदौको ऐतिहासिक विद्रोहका बेला आन्दोलन छोडेर भागेको ‘भगौडा’ को संज्ञा दिइएको छ। आन्दोलनको तयारी भइरहँदा पोखरा पुगेर सहभागी नहुन अपिल गर्ने व्यक्तिले अहिले आएर विद्रोहको स्वामित्व दाबी गर्दै ‘हिरो’ बन्न खोज्नु लज्जास्पद भएको विज्ञप्तिमा उल्लेख छ।
ढुंगानालाई ठूला भ्रष्टाचार काण्डमा मुछिएका व्यक्ति र बिचौलियाहरूले परिचालन गरेको गम्भीर आरोप समेत लगाइएको छ। १० खर्बभन्दा बढी लुटको आरोप लागेका दिपक भट्ट र विवादित नेता महेश बस्नेत लगायतको लगानीमा ढुंगानाले राजधानीका महँगा होटलहरूमा कार्यक्रम गरिरहेको दाबी समूहले गरेको छ।
जेनजी इन्डिजिनियसले मिराज ढुंगानालाई यो पुस्ताको वास्तविक प्रतिनिधि नभई भ्रष्ट र विस्थापित समूहको ‘भाडाका मान्छे’ भएको टिप्पणी गरेको छ। ऐतिहासिक विद्रोहको मर्मलाई कमजोर पार्ने र भ्रष्ट शक्तिहरूलाई पुनः सत्तामा फर्काउने खेल भइरहेको भन्दै ७ पुसको आन्दोलनमा सहभागी नहुन सम्पूर्ण आदिवासी जनजाति युवाहरूलाई विशेष अपिल गरिएको छ। युवा पुस्तालाई यस्ता भ्रमपूर्ण आन्दोलनबाट सचेत रहन र आन्दोलनको वास्तविक उपलब्धि जोगाउन समेत आग्रह गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न चार करोड विनियोजन
-
परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय
-
सम्पत्ति विवरण बुझाउने ९ हजार ६ सय पुगे, विरोध गर्नेले पनि बुझाए
-
स्ट्रेट अफ हर्मुजमा जहाज सञ्चालनमा केही समय लाग्ने
-
नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दा 'हेर्दाहेर्दै' मा राखियो
-
संसद्प्रति प्रधानमन्त्री र मन्त्रीकै बेवास्ता, लगातार बैठक स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण