मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्वकप : इङ्ल्याण्ड प्लेअफमा पनि हार्यो, बेल्जियमद्वारा तेस्रो स्थान सुरक्षित

शनिबार, ३० असार २०७५, २१ : ५३
शनिबार, ३० असार २०७५

 काठमाडौं– रसियामा जारी विश्वकप फुटबलअन्तर्गत शनिबार भएको प्लेअफ खेलमा पनि इङ्ल्याण्ड पराजित बनेको छ । सेमिफाइनलमा क्रोएशियासँग पराजित भएको इङ्ल्याण्ड प्लेअफ खेलमा बेल्जियमसँग २–० ले पराजित भएको हो । 

यो सँगै बेल्जियम विश्वकपमा तेस्रो स्थान कब्जा गर्न सफल भएको छ ।  रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा सम्पन्न खेलमा बेल्जियमका थोमस म्युनियरले चौथो मिनेटमै गोल गरे । यस्तै इङ्ल्याण्डले खेलमा फर्किने प्रयास गर्दैगर्दा ८२ औं मिनेटमा फेरि अर्को खेल खायो ।

८२ औं मिनेटमा बेल्जियमका इडेनले गोल गरेका हुन् । त्यसपछि दुबै टोलीबाट कुनै गोल हुन नसकेपछि इङ्ल्याण्ड पराजित भयो र चौथो स्थानमा चित्त बुझाउन बाध्य भयो । विश्वकपको फाइनल खेल भने आइतबार फ्रान्स र क्रोएशियाबीच हुँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप