बढ्दैछ बेन्जामिन नेतान्याहुको अप्ठ्यारो, अन्तर्राष्ट्रिय दबाबले युद्धविराम गरे सरकार जाने

तेल अभिभ । गाजामा युद्ध सुरु भएको कैयौँ महिना बितिसकेको छ । अहिलेसम्म यसले हमासको कैदमा बन्धक रहेको आफ्ना नागरिकहरु मुक्त गराउन सकेको छैन । यस्तोमा इजरायलले रफाहमा आक्रमण गर्ने तयारी गरिरहेको छ । युद्ध रोक्न नेतान्याहुमाथि अन्तर्राष्ट्रिय दबाब बढिरहेको छ । नेतान्याहुका सहयोगीहरूले रफाहमाथिको आक्रमण रोकिएमा नेतान्याहु सरकारलाई दिइरहेको समर्थन फिर्ता लिने र यस्तो स्थितिमा नेतान्याहुको नेतृत्वको सरकार ढल्ने निश्चित हुने चेतावनी दिएका छन् ।
जारी छ युद्धविरामको प्रयास
हमासका प्रतिनिधिहरू युद्ध विरामका लागि सोमबार इजिप्टको राजधानी कायरो पुगेका थिए । मध्यस्थकर्ताहरूले इजरायल र हमासबीच छिट्टै युद्धविराम वार्ता सुरु गर्ने प्रयास गरिरहेका छन् । इजरायली सेना रफाह शहरमा आक्रमण गर्न तयार छ । इजिप्टको सिमानामा रहेको रफाह सहरमा ठूलो सङ्ख्यामा गाजाका शरणार्थी बसिरहेका छन् । इजरायली सेनाले रफाहमा आक्रमण गरेमा ठूलो सङ्ख्यामा सर्वसाधारण मारिने सम्भावना छ । अमेरिकाले पनि इजरायललाई युद्ध विरामका लागि दबाब दिइरहेको छ । इजरायलले रफाह सहरमै हमासको चार बटालियन रहेको दाबी गरेको छ । यस्तो अवस्थामा इजरायल आक्रमणबाट पछि हट्न तयार छैन ।
बेन्जामिन नेतान्याहुको सरकार ढल्न सक्छ
एकातिर नेतान्याहुले युद्ध विरामका लागि अन्तर्राष्ट्रिय दबाबको सामना गरिरहेका छन् भने अर्कोतिर नेतान्याहुले घरेलु स्तरमा रफाहमा आक्रमण गर्नै पर्ने दबाब झेलिरहेका छन् । सरकारको सहयोगी दक्षिणपन्थी पार्टीका नेता र इजरायलका अर्थमन्त्री बेजलेल स्मोट्रिचले प्रधानमन्त्री नेतन्याहुलाई पछि नहट्न र राफाहमा जमिनबाट आक्रमण गर्न अपिल गरेका छन् । युद्धविराम इजरायलको हार हुने स्मोट्रिचको भनाई छ । यस्तो भयो भने नेतान्याहुले सरकारमा बस्ने हक गुमाउने छन् । मध्यमार्गी नेताहरूले भने बन्धकहरूको युद्धबन्दीहरुको रिहाइ बढी जरुरी भएको अनुरोध गरिरहेका छन् । बन्धकहरूको रिहाइका लागि युद्धविराम हुनै पर्छ ।
सरकार विरोधी प्रर्दशन सुरु
नेतान्याहुको सरकारविरुद्ध इजरायलमा विरोध प्रदर्शन सुरु भएको छ । हमासको आक्रमणपछि हजारौँ इजरायली नागरिक विस्थापित जीवन बाँचिरहेका छन् । लेबनानबाट हिजबुल्लाहको आक्रमणको पनि खतरा छ । इजरायली नागरिकले यसलाई सरकारको असफलता बताइरहेका छन् । करिब १३० बन्धकहरू अझै पनि हमासको हिरासतमा छन् । यस्तो अवस्थामा बन्धकका परिवारले सरकारको आलोचना गरिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ