आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते
सारांश
- मकवानपुरको भीमफेदीमा आगलागी हुँदा करिब ३ लाखको क्षति भयो र एक महिला घाइते भइन्।
- आगलागीमा खसी, बोका र बाख्राहरू मरे, र महिलालाई उपचारका लागि अस्पताल लगियो।
- यसअघि पनि आगो ताप्ने क्रममा एक नबालिका र सोनिया प्रजा घाइते भएका थिए।
बागमती । मकवानपुरको भीमफेदी गाउँपालिका–७ कोगटेमा मंगलबार आगलागी हुँदा करिब रु तीन लाख मूल्य बराबरको क्षति भएको छ भने एक जना घाइते भएका छन् ।
स्थानीय कविता सिंजालीको गोठमा आगलागी हुँदा गोठसहित गोठमा रहेको दुई वटा खसी, दुई वटा बोका र चार वटा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।
काठ र खरले छाएको गोठमा कुडो पकाउने क्रममा अचानक आगलागी हुँदा आगोले पोलेर ४४ वर्षीया सिंजाली घाइते भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताए । उनको स्थानीय मेडिकलमा प्राथमिक उपचारपश्चात् थप उपचारको लागि हेटौँडा अस्पताल ल्याइएको प्रहरीको भनाइ छ । यसअघि सोमबार पनि आगो ताप्ने क्रममा आगोले पोलेर मकवानपुरको बकैया गाउँपालिका–८ शिशिर दमारमा एक नबालिका गम्भीर घाइते भएको थियो ।
जाडोबाट जोगिन आगो ताप्ने क्रममा पोलेर चितवनको राप्ती नगरपालिका–१ लोथर घर भई बकैया गाउँपालिका–८ शिशिर दमार बस्ने दिलबहादुर प्रजाको पाँच वर्षीया छोरी सोनिया प्रजा गम्भीर घाइते भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको सामाजिक मन्त्रालय भ्रष्टाचारबाट ग्रसित भएको विपक्षीको आरोप, प्रमाणित गर्न चुनौती
-
‘काला हिरण’मा सलमानको भूमिका खेलेका अभिनेताले छाडे फिल्म
-
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : माधव नेपाल
-
गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालियाे
-
प्रतिनिधि सभा बैठकमा विपक्षीका प्रश्नै प्रश्न
-
भेनेजुएला भूकम्प : २४ देशबाट सहायता र सयौँ उद्धारकर्मी परिचालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण