जेनजी आन्दोलनका क्रममा फरार तीन कैदी पक्राउ
बुधबार, ०९ पुस २०८२, २० : ५८
सारांश
- सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट भागेका तीन कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ।
- फरार कैदीहरूलाई सीआईबीले काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
- पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका दोषीहरू थिए, जसलाई १३ वर्ष कैद सजाय सुनाइएको थियो।
काठमाडौँ । काठमाडौँको सुन्धारास्थित जगन्नाथदेवल कारागारबाट भागेका तीन कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ। जेनजी आन्दोलनको मौका छोपेर फरार भएका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौँका विभिन्न स्थानबाट समातेको हो।
पक्राउ पर्नेहरूमा जबरजस्ती करणी मुद्दामा कैद सजाय काटिरहेका धादिङका ३४ वर्षीय सञ्जीव परियार र ३५ वर्षीय विवेक परियार तथा मकवानपुरका ३७ वर्षीय राजेन्द्र परियार छन्। उनीहरू तीनै जनालाई अदालतले १३ वर्ष कैदको सजाय सुनाएको थियो। उनीहरू २०७४ साल असोजदेखि कारागारमा सजाय भुक्तान गरिरहेका थिए।
ब्यूरोका प्रहरी उपरीक्षक निरञ्जनदत्त भट्टका अनुसार पक्राउ परेका फरार कैदीहरूलाई बुधबार नै आवश्यक कारबाहीका लागि पुनः कारागार कार्यालय जगन्नाथदेवलमा बुझाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालिमाटीमा काउली, लौका र आलुमा देखियो अत्याधिक विषादी
-
आर्थिक विधेयकमा कुन सांसदले के–के हाले संशोधन ?
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण