नेपालकै पहिलो न्यून कार्बन ‘फोर्ट स्टेज’ साइकल ट्रेलको अध्ययन सुरु
सारांश
- बागमती प्रदेशका १५ स्थानीय तह समेट्ने गरी 'फोर्ट स्टेज राइड' को सम्भाव्यता अध्ययन सुरु भएको छ।
- ३९० किलोमिटर लामो चक्रीय मार्गले ऐतिहासिक गढी, सम्पदा र प्रकृतिलाई जोड्ने लक्ष्य राखेको छ।
- यस अभियानले पर्यटन क्षेत्रबाट हुने कार्बन उत्सर्जन घटाउने र स्थानीय समुदायको अर्थतन्त्र बलियो बनाउने लक्ष्य लिएको छ।
काठमाडौँ । नेपालको ऐतिहासिक विरासत र दिगो पर्यटनलाई एउटै सूत्रमा उनेर बागमती प्रदेशका १५ स्थानीय तह समेट्ने गरी ‘फोर्ट स्टेज राइड’ को सम्भाव्यता अध्ययन सुरु भएको छ।
स्टोरीसाइकल र समृद्ध सिन्धुली अभियानको संयुक्त पहलमा सुरु भएको यो अभियानले ३९० किलोमिटर लामो चक्रीय मार्गमार्फत ऐतिहासिक गढी, सम्पदा र प्रकृतिलाई जोड्ने लक्ष्य राखेको छ। नेपालकै पहिलो न्यून कार्बन विशेषतासहितको यो ट्रेलले परम्परागत पर्यटनको ढाँचालाई बदल्दै वातावरण मैत्री र स्वास्थ्यवर्द्धक यात्राको नयाँ मानक स्थापित गर्ने देखिएको छ।
अभियानको मुख्य उद्देश्य पर्यटन क्षेत्रबाट हुने कार्बन उत्सर्जनलाई ३० प्रतिशतसम्म घटाउनु र संकलित आम्दानीको ठुलो हिस्सा सिधै स्थानीय समुदायको हातमा पुर्याउनु रहेको छ। विशेष गरी होमस्टे र युवा स्वरोजगारलाई प्राथमिकता दिँदै स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने रणनीतिक योजना यसमा समावेश छ। विगतका विभिन्न खण्डित पदमार्ग र अध्ययनहरूलाई एकीकृत गर्दै तयार पारिएको यो चक्रीय मार्गले ओझेलमा परेका ऐतिहासिक स्थलहरूलाई आधुनिक पर्यटकीय नक्सामा ल्याउने विश्वास गरिएको छ।
यस परियोजनाले केवल मनोरञ्जन मात्र नभई जनस्वास्थ्य र सामाजिक सुस्वास्थ्यलाई पनि उच्च प्राथमिकता दिएको छ। साइकल यात्रालाई शारीरिक तन्दुरुस्ती र मानसिक शान्तिको माध्यम बनाउँदै बस्तीहरूमा रहेका मौलिक जीवनशैली र इतिहासलाई विश्वसामु चिनाउने अभियानको तयारी छ। साइकलमार्फत गरिने यो अनुसन्धानले नेपालमा साहसिक खेल पर्यटनको प्रवर्द्धन गर्ने मात्र नभई लामो दूरीको साइक्लिङ संस्कृतिको समेत विकास गर्नेछ।

ललितपुरको कनिबहालबाट सुरु हुने यो यात्रा लुभु, पनौती, नमोबुद्ध, सिन्धुलीगढी, मरिण, हरिहरपुरगढी र मकवानपुरगढी जस्ता महत्त्वपूर्ण ऐतिहासिक विन्दुहरू पार गर्दै पुनः प्रस्थान विन्दुमै आएर टुङ्गिनेछ। यसरी तयार हुने ट्रेलले महाभारत शृङ्खलाका प्राचीन पदमार्ग र एकीकरणका समयका गढीहरूलाई एउटै मालामा उनेर नेपालको गौरवशाली इतिहासलाई नयाँ पुस्ता र अन्तर्राष्ट्रिय जगतसँग जोड्ने पुलको काम गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोरियाली प्रायद्वीपलाई आणविक हतियार मुक्त बनाउन दक्षिण कोरिया र जापानको पुनः प्रतिबद्धता
-
तिनाउ खोलाको बाढीमा फसेका युवकको सकुशल उद्धार
-
इरान र दक्षिण कोरिया नाटकीय ढंगमा समूह चरणबाटै बाहिरिए
-
४ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस
-
गोप्य रिपोर्टिङ बन्दपछि उड्डयन सुरक्षा प्रणाली झन् संवेदनशील
-
दक्षिणकालीमा पिकअप दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण