बागलुङ–१ मा राप्रपाबाट आचार्यसहित चार जनाको नाम सिफारिस
सारांश
- राप्रपाले बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि चार जनाको नाम सिफारिस गरेको छ।
- कल्याण आचार्यसहित डिल्ली प्रसाद आचार्य, देवी प्रसाद कँडेल र सुरज खड्काको नाम सिफारिस गरिएको हो।
- कल्याण आचार्य युवा नेता हुन् र उनी व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक छन्।
बागलुङ । फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ चार जनाको नाम सिफारिस गरेको छ। जिल्ला कार्य समितिले कल्याण आचार्यसहित डिल्ली प्रसाद आचार्य, देवी प्रसाद कँडेल र सुरज खड्काको नाम केन्द्रमा पठाएको हो।
जिल्ला उपाध्यक्ष लक्ष्मी प्रसाद सापकोटाको हस्ताक्षरमा केन्द्रमा पठाइएको पत्रअनुसार पार्टीका केन्द्रीय उपाध्यक्ष दिल विकास राजभण्डारी र नेतृ समीक्षा थापाको नाम समानुपातिक उम्मेदवारका रुपमा सिफारिस भएको छ ।
बागलुङ–१ बाट सिफारिस भएका उम्मेदवारमध्ये युवा नेता कल्याण आचार्य हाल राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको प्रचार संयोजक छन्।
शैक्षिक रूपमा व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक अध्ययन गरेका आचार्य साहित्य लेखनमा पनि सक्रिय छन्। उनको उपन्यास ‘युवा उद्यमी’ प्रकाशित भइसकेको छ। राजनीतिमा आउनुअघि उनी सञ्चारकर्मीका रूपमा लामो समय सक्रिय थिए।
आचार्यले आफ्नो सिफारिसलाई व्यक्तिगत उपलब्धिभन्दा पनि पार्टीले युवा र शिक्षित वर्गप्रति देखाएको भरोसाका रूपमा लिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण