सिन्धुपाल्चोक–२ बाट दुलालको नाम सिफारिस
बिहीबार, १० पुस २०८२, १७ : २०
सारांश
- सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट युवराज दुलाललाई प्रतिनिधिसभा निर्वाचनका लागि एकल सिफारिस गरिएको छ।
- दुलाल बागमती प्रदेशसभा सदस्य हुन् र उनी यसअघि २ पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
- उनले सामाजिक विकास र भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।
सिन्धुपाल्चोक । आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीबाट सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर- २ बाट युवराज दुलालको नाम एकल सिफारिस गरिएको छ । बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले दुलालको एकल नाम सिफारिस गरेको हो ।
बागमती प्रदेशसभा सदस्य समेत रहेका उनी सोही क्षेत्रबाट २ पटक प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए । २०७४ र २०७९ को निर्वाचनमा सिन्धुपाल्चोक २ (क) बाट प्रतिस्पर्धा गरेका उनले जित निकालेका हुन् । २ कार्यकालको प्रदेशसभाको ८ वर्षे अवधिमा उनी अधिकांश समय सरकारमा रहेका थिए ।
उनी २०७४ देखि २०७७ सम्म बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र २०७९ देखि २०८१ सम्म भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीमा रहेर काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ : मुख्यमन्त्री शाह
-
शिक्षालाई अनुसन्धान, नवप्रवर्तन र ‘डिजिटल’ प्रविधिसँग जोड्नुपर्नेमा उपराष्ट्रपतिको जोड
-
फ्रान्समा गर्मीका कारण थप एक हजार जनाको मृत्यु
-
‘तल्लो तहका नागरिकलाई सघाउन शिक्षा र स्वास्थ्य कर’
-
पारिश्रमिक माग्दा ‘लापता लेडिज’का अभिनेतालाई निर्देशकले पिटेको दाबी
-
बजेटलाई सघाउने गरी मौद्रिक नीति ल्याउँदैछौँ : कार्यकारी निर्देशक पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण