आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
बालेन–बाबुराम भेटवार्ता

बालेन र बाबुरामबिच एक घण्टा वार्ता : नयाँ र वैकल्पिक शक्ति मिल्नुपर्नेमा जाेड

बिहीबार, १० पुस २०८२, १७ : ४१
बिहीबार, १० पुस २०८२

सारांश

  • पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र मेयर बालेन शाहबीच भेटवार्ता भयो।
  • भेटमा भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिल्नुपर्ने सुझाव दिए, जसलाई शाहले सकारात्मक रूपमा लिए।
  • भट्टराईले नयाँ शक्ति मिल्दा आफ्नो सद्भाव रहने बताए।

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक बाबुराम भट्टराई र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच एक घण्टा भेटवार्ता भएको छ । बिहीबार ललितपुरस्थित बालेनका सहयोगी कुमार बेनको घरमा उनीहरूबिच झण्डै एक घण्टा भेटवार्ता भएको हो । 

भेटमा पूर्वप्रधानमन्त्री भट्टराईले नयाँ र वैकल्पिक शक्ति मिल्नुपर्ने मेयर शाहलाई सुझाव दिएका छन् । आफूले दिएको सुझावलाई मेयर शाहले सकारात्मक रूपमा लिएको समेत भट्टराईले बताए । 

‘मैले नयाँ र वैकल्पिक शक्ति एक भएर जानुपर्छ भनेर पहिलेदेखि नै भन्दै आएको छु । आज बालेनजीले यसै विषयमा मसँग परामर्श गर्नुभएको हो’, भट्टराईले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘यसमा बालेनजी पनि सकारात्मक हुनुहुन्छ ।’

भट्टराईले नयाँहरू मिल्दा आफ्नो पनि सद्भाव रहने बताए । त्यसअघि मेयर शाहले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने,जेनजी लगायतसँग छलफल गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप