चिसोबाट प्रभावितहरुलाई सहयोग गर्न प्रचण्डकाे आग्रह
बिहीबार, १० पुस २०८२, १८ : ४९
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मौसममा आएको परिवर्तनसँगै जनजीवन कष्टकर बनेको भन्दै आवश्यक प्रतिकार्यका लागि तीन वटै सरकारसँग आग्रह गरेका छन् ।
प्रचण्डका अनुसार तराई–मधेसमा शीतलहर तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातका कारण जनजीवन कष्टकर बन्दा गरिब तथा सीमान्तकृत वर्गका जनता बढी पीडित भएका छन्।
साथै प्रभावित समुदायका लागि आवश्यक सहयोग जुटाउन तथा राहत लगायतका कार्यहरूलाई समन्वयात्मक रूपमा अघि बढाउन पार्टीका सम्बन्धित सबै समितिहरूलाई आवश्यक भूमिका निर्वाह गर्न निर्देशन समेत दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अजय देवगनको आगामी फिल्म ‘चौहान’ विवादमा
-
भाडा नतिर्ने ४५ उद्योगको लाइन काटियो, दुई सातामा ४२ करोड बक्यौता असुल
-
दैनिक साढे १३ अर्ब खर्च गर्नुपर्ने बाध्यतामा सरकार
-
चीनको कारखाना गतिविधिमा पुनः वृद्धि
-
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको गति र भावना नमिलेसम्म परिणाम आउन सक्दैन : सभामुख
-
पूजा र ध्रुव बने रास्वपाको केन्द्रीय सदस्य, यस्तो छ अद्यावधिक विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण