पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्छ: मुख्यमन्त्री बानियाँ
सारांश
- मुख्यमन्त्री बानियाले पर्यटनसँगै प्राणी संरक्षणको आवश्यकता औंल्याए।
- उनले हात्ती संरक्षण मानवको जिम्मेवारी भएको र प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।
- महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको उनको भनाइ छ।
चितवन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पर्यटन प्रवर्द्धनसँगै प्राणी संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् ।
शुक्रबार चितवनको सौराहमा १९ औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ उद्घाटन गर्दै उनले हात्तीलाई हाम्रो साथी भएको स्मरण गराए । विश्वमा घट्दै गएको हात्तीको संरक्षण अब मानवको जिम्मेवारी भएको र प्रदेश सरकार यसमा प्रतिबद्ध रहेको बताए ।
उनले भने, “मानिसले आफ्ना छोराछोरीलाई जस्तै हात्तीलाई सीप सिकाएको छ । पशुप्रति अन्याय नभएको र संरक्षणमै जोड दिइएको छ ।” बानियाँले हात्ती संरक्षणको जिम्मेवारी अब मानिसकै काँधमा रहेको बताए । जमिन, जङ्गल र जलको संरक्षण गर्दै प्राणीको रक्षा गर्नु मानव सभ्यताको सुन्दर पक्ष भएको उनको भनाइ थियो ।
भविष्यमा हात्तीपालन र संरक्षण गर्ने व्यवसायीलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने तयारी प्रदेश सरकारले गरिरहेको उनले जानकारी दिए । उनका अनुसार, महोत्सवका कारण पर्यटकको सङ्ख्या ३० देखि ३५ प्रतिशतसम्म वृद्धि भएको छ ।
विसं २०५५ देखि सुरु भएको यस महोत्सवले जिल्लाको पर्यटन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्याएको मुख्यमन्त्री बानियाँको धारणा थियो ।
सौराहाको बाघमारा चौरमा शुक्रबारदेखि तीन दिनसम्म १९ औँ संस्करणको हात्ती महोत्सव सुरु भएको हो । क्षेत्रीय होटल सङ्घ चितवनको आयोजनामा सौराहासहित चितवनको पर्यटन प्रवर्द्धनका लागि हरेक वर्ष यहाँ हात्ती महोत्सव हुँदै आएको छ । रत्ननगर नगरपालिका संरक्षक र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेड सहआयोजक रहेका छन् ।
महोत्सवअन्तर्गत हात्तीको पेनाल्टी सुटआउट, हात्तीको श्रृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको स्वास्थ्य शिविर, हात्तीको दिनचर्याबारे जानकारी तथा हात्तीको पूजा गर्ने कार्यक्रम रहने आयोजकले जनाएको छ । उक्त गतिविधिमा सरकारी र निजी गरी ८० वटा हात्ती सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालिमाटीमा काउली, लौका र आलुमा देखियो अत्याधिक विषादी
-
आर्थिक विधेयकमा कुन सांसदले के–के हाले संशोधन ?
-
‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण
-
कर्णाली नदीमा झुलुङ्गे पुल बनेपछि आन्तरिक पर्यटकको घुइँचो
-
लुम्बिनीमा बृहत् वृक्षारोपण अभियान सुरु
-
चिकित्सकमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण