गोकुलको टिप्पणी : अव कुलमान–प्रचण्ड पनि मिल्छन् झैँ लाग्छ !
आइतबार, १३ पुस २०८२, ०९ : ३४
सारांश
- एमाले नेता गोकुल बाँस्कोटाले रवि लामिछाने र बालेन शाह मिलेको कुरा बताएका छन्।
- उनले कुलमान घिसिङ र पुष्पकमल दाहाल प्रचण्ड पनि मिल्न सक्ने सम्भावना व्यक्त गरे।
- बाँस्कोटाको यो भनाइ रवि लामिछाने र बालेन शाहको चुनावी सहमतिको प्रतिक्रिया हो।
काठमाडौँ । एमाले नेता गोकुल बाँस्कोटाले रवि लामिछाने र बालेन शाह मिलेपछि अव कुलमान घिसिङ र पुष्पकमल दाहाल प्रचण्ड पनि मिल्न सक्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा आइतबार बिहान लेख्दै नेता बाँस्कोटाले यस्तो बताएका हुन् ।
‘रवि –बालेन मिलेछन् । अब कुलमान–प्रचण्ड बाँकी रहेजस्तो देखियो । त्यो पनि होलाझैँ लाग्छ’, बाँस्कोटाको भनाइ छ ।
रास्वपा सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच एउटै पार्टीमा आबद्ध भएर चुनावमा जान ७ बुँदे सहमति गरेपछि बाँस्कोटाले यस्तो बताएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
-
लुम्बिनी प्रदेश रास्वपाका बाँकी पदाधिकारीका उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक
-
गुण्डुमा ओलीले भने– विधि र पद्धति भत्केकै हो, जिम्मेवारी म मात्रै लिन्नँ
-
२५ वर्षे युवा सनसनी कुबोको काँधमा जापानको विश्वकप सपना
-
राम चरणको ‘पेद्दी’ बक्स अफिसमा हिट, कमाई कति ?
-
पहिलो खेलमा उत्कृष्ट इतिहास बोकेको नेदरल्यान्ड्स र उच्च लयमा रहेको जापान भिड्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण