आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप फुटबलः फ्रान्स र क्रोएसिया भिड्दै, यसरी आए फाइनलसम्म ?

आइतबार, ३१ असार २०७५, १९ : १३
आइतबार, ३१ असार २०७५

काठमाडौँ । रुसमा जारी विश्वकप फुबटल– २०१८ को उपाधिका लागि अहिले केहीबेरमा फ्रान्स र क्रोएसिया भिड्दैछन् । 

रुसको सेन्ट मस्कोस्थित लुजनिकी रङ्गशालामा आज राति ८ः४५ बजे दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रनेछन् । 

उपाधिको दाबेदार मानिएको फ्रान्स दोस्रो पटक विश्वकपको उपाधि जित्ने दाउमा हुनेछ, भने क्रोएसिया उपाधि जित्दै विश्वकपमा नयाँ इतिहास रच्ने तत्परमा छ । फ्रान्स तेस्रो पटक तथा क्रोएसिया विश्वकपको फाइनलमा पहिलोपटक पुगेको हो । 

सेमिफाइनलमा फ्रान्सले बेल्जियलाई १–०ले पराजित गरेको थियो भने क्रोएसियाले इंग्ल्याण्डलाई २–१ गोलअन्तरले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियोे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप