सुटिङ सेटमा दुर्घटना, निर्देशक साजिद खानको खुट्टाको शल्यक्रिया
सारांश
- बलिउड निर्देशक साजिद खान सुटिङ सेटमा लडेर घाइते भएपछि अस्पताल भर्ना भएका छन्।
- एकता कपुरको सेटमा छायाङ्कनका क्रममा खुट्टा भाँचिएपछि उनको शल्यक्रिया गरिएको छ।
- शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार भइरहेको छ र परिवारले चिन्ता नलिन आग्रह गरेको छ।
मुम्बई । बलिउड फिल्म निर्देशक साजिद खान सुटिङ सेटमा भएको एउटा दुर्घटनामा परेर अस्पताल भर्ना भएका छन्। एकता कपुरको प्रोडक्सन हाउसको सेटमा छायाङ्कनका क्रममा लडेर उनको खुट्टा भाँचिएको हो। दुर्घटना लगत्तै उनलाई उपचारका लागि अस्पताल लगिएको थियो।
हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार चिकित्सकहरूले आइतबार साजिदको खुट्टाको शल्यक्रिया सम्पन्न गरेका छन्। शल्यक्रियापछि उनको अवस्था अहिले स्थिर रहेको र स्वास्थ्यमा सुधार भइरहेको परिवारले जनाएको छ। उनकी दिदी एवं प्रख्यात फिल्ममेकर फराह खानले साजिदको स्वास्थ्यबारे जानकारी दिँदै शल्यक्रिया सफल भएको र चिन्ता लिनुपर्ने अवस्था नरहेको बताएकी छन्।
लामो समयदेखि पर्दा पछाडि रहेका साजिद नयाँ प्रोजेक्टको तयारीमा रहेकै बेला यो दुर्घटना भएको हो। सन् २००६ मा 'डरना जरुरी है' बाट निर्देशन यात्रा सुरु गरेका साजिदले हे बेबी, हाउसफुल र हाउसफुल २ जस्ता सफल कमेडी फिल्महरू दिएका छन्।
तर, पछि आएका हिम्मतवाला र हमशकल्सजस्ता फिल्महरूले भने बक्स अफिसमा निकै खराब प्रदर्शन गरेका थिए। निर्देशनका साथै उनी झुट बोले कौवा काटे, मै हुँ ना, मुझसे शादी करोगी र ह्याप्पी न्यु इयरजस्ता फिल्ममा अभिनेताका रूपमा पनि देखिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण