बुद्धनगरमा प्रहरी कर्मचारी मृत फेला
सोमबार, १४ पुस २०८२, ११ : २२
सारांश
- काठमाडौँको बुद्धनगरमा नेपाल प्रहरीका सहायक हवल्दार मृत भेटिएका छन्।
- मृतक प्रहरी उदयपुरका हुन् र उनी बुद्धनगरस्थित डेराको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए।
- शव पोस्टमार्टमका लागि पठाइएको छ र घटनाबारे अनुसन्धान भइरहेको छ।
काठमाडौँ । काठमाडौँको बुद्धनगरमा प्रहरी कर्मचारी मृत भेटिएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत बलबहादुर थापामगर मृत भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए ।
३० वर्षीय थापा मगर उदयपुरका स्थानीय हुन् । काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित डेराको शौचालयमा झुन्डिएको अवस्थामा देखेपछि उनकी पत्नीले बानेश्वरस्थित एभरेस्ट अस्पतालमा लगेकी थिइन् ।
अस्पताल पुग्दा उनको मृत्यु भइसकेको बताइएको छ । उनको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण