युक्रेन शान्ति सम्झौताका लागि कुनै समयसीमा छैन : ट्रम्प
फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन सङ्कट समाधानका लागि हुने शान्ति सम्झौतामा कुनै निश्चित समयसीमा नरहेको बताएका छन् । फ्लोरिडाको पाम बीचस्थित आफ्नो मार–ए–लागो निवासमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको भेटअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “मेरो कुनै डेडलाइन छैन । मेरो एक मात्र लक्ष्य युद्ध अन्त्य गर्नु हो ।”
सन् २०२५ को अन्त्यसम्म शान्ति सम्झौता हुने अपेक्षा छ कि छैन भन्ने प्रश्नमा ट्रम्पले भने, “यो परिस्थितिमा भर पर्छ । मलाई लाग्छ सम्झौताका लागि आधार तयार भएको छ,” तर युक्रेन सङ्कट समाधान गर्न निकै कठिन भएको पनि उनले स्वीकार गरे ।
राष्ट्रपति जेलेन्स्कीले भेटमा २० बुँदे शान्ति योजनाको पछिल्लो मस्यौदा र समाधान प्रक्रियाको चरणबद्ध कार्यान्वयनबारे छलफल हुने बताए । “रणनीतिबारे हाम्रो टोलीबीच समन्वय अत्यन्तै महत्वपूर्ण छ, जसले शान्तिलाई नजिक ल्याउन मद्दत गर्छ,” उनले थपे ।
यसअघि ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको फोन वार्ता ‘राम्रो र निकै फलदायी’ भएको बताएका थिए । रूसी राष्ट्रपति सहयोगी युरी उशाकोभका अनुसार ट्रम्प र पुटिन दुवैले अस्थायी युद्धविरामले सङ्कट लम्ब्याउने र फेरि द्वन्द्व चर्किने जोखिम बढाउने साझा धारणा राखे ।
फ्लोरिडामा भएको भेटवार्तामा सम्भावित युद्धविराम, प्रस्तावित असैन्य क्षेत्र, जापोरिज्झिया आणविक विद्युत् केन्द्रको व्यवस्थापन, डोनबास क्षेत्रको नियन्त्रण तथा युद्धपछिका सुरक्षा ग्यारेन्टीका विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
-
कोशीको बजेट विवाद सुल्झाउन ६ सदस्यीय कार्यदल गठन
-
चिकित्सक नहुँदा गेटा अस्पतालमा भिडियो एक्सरे र म्यामोग्राफी सेवा बन्द : सेवाग्राही समस्यामा
-
आजदेखि निकुञ्जमा व्यावसायिक सफारी सेवा बन्द
-
गोल्डेन बुटको दौड : मेस्सीसँग बराबरीमा एम्बाप्पे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण