शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

इजरायलद्वारा वेस्ट ब्याङ्कमा चार जना प्यालेस्टिनीलाई पक्राउ

बुधबार, १६ पुस २०८२, १५ : ०१
बुधबार, १६ पुस २०८२

काठमाडौँ । इजरायली कब्जा बल ९आइओएफ० ले बुधबार कब्जा गरिएको वेस्ट ब्याङ्कमा छापा मारी चार प्यालेस्टिनी सर्वसाधारणलाई पक्राउ गरेको छ ।

आइओएफले तीनजना प्यालेस्टिनी युवाहरूलाई तुलकार्म प्रान्तको पूर्वमा रहेको काफ्र अल–लाबाद सहरमा उनीहरूको घरमा छापा मारेर पक्राउ गरेको वफा समाचार एजेन्सीले रिपोर्ट गरेको छ ।

आइओएफले बेइट फज्जर सहरमा एक जना प्यालेस्टिनीलाई पक्राउ गर्नुका साथै छिमेकमा अन्य धेरै घरहरूमा छापा मारेको जनाइएको छ ।

यी गिरफ्तारीहरू वेस्ट ब्याङ्क भरि आइओएफले गरेको दैनिक छापाको एक हिस्साको रूपमा आएको छ, जसमा प्यालेस्टिनीहरूलाई बारम्बार पक्राउ गरिन्छ र उनीहरूको घरमा छापा मारिन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप