जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन
काठमाडौँ । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन गरेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा जीवन गुमाएका सम्पूर्ण युवाको सम्झना तथा सम्मानमा काठमाडौँको वसन्तपुर दरबार क्षेत्रमा आज दीप प्रज्वलन गरेको हो ।
कार्यक्रममा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानका अध्यक्ष राजनन्द माण्डव्यले सहिद भएका युवाका परिवारलाई सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नुपर्ने बताए ।
यसै अवसरमा प्रतिष्ठानले १३औँ राष्ट्रिय पोशाक तथा अन्तरराष्ट्रिय टोपी दिवसको पूर्वसन्ध्यामा ढाका टोपीको प्रतिमा पनि स्थापना गरेको छ । नेपाली पहिचान, संस्कृति तथा परम्परागत महत्व उजागर गर्ने उद्देश्यले उक्त प्रतिमा स्थापना गरिएको अध्यक्ष माण्डव्यले बताए ।
साथै बिहीबार नेपाली पहिचान झल्किने गरी राष्ट्रिय पोशाकमा कार्यक्रम गर्ने प्रतिष्ठानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विकट बस्तीमा निःशुल्क आँखा शिविर
-
पानामा र इङ्गल्याण्डबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
पहिलो हाफमा घानाविरुद्ध क्रोएसिया १–० ले अगाडि
-
घानाविरुद्ध क्रोएसियालाई महत्त्वपूर्ण अग्रता
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण