आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

कवि प्रल्हाद पोखरेल र अनिता पन्थी सम्मानित

बिहीबार, १७ पुस २०८२, १९ : १४
बिहीबार, १७ पुस २०८२

काठमाडौँ । नेपाल स्रष्टा समाजले यस वर्षको शुभद्रा विश्वराज स्रष्टा सम्मानद्वारा वरिष्ठ कवि प्रल्हाद पोखरेललाई सम्मानित गरेको छ ।

प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान युवा साहित्यकार अनिता पन्थीलाई समर्पण गरेको छ ।

नेपाली साहित्यको पारम्परिक तथा शास्त्रीय क्षेत्रमा योगदान पुर्‍याए बापत रु. २१ हजार १ रुपैयाँ नगद राशीको शुभद्रा विश्वराज स्रष्टा सम्मान पोखरेललाई दिइएको हो ।

सिर्जनात्मक क्षेत्रमा सक्रिय रहेर उल्लेख्य योगदान पुर्‍याएबापत युवा साहित्यकार पन्थीलाई नगद राशी १५ हजार १ सय ११ रुपैयाँको प्रसिद्ध कँडेल राष्ट्रिय युवा पुरस्कार प्रदान गरिएको हो ।

प्रज्ञा प्रतिष्ठानमा बुधबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथिलगायतले नगदराशी तथा प्रमाणपत्र समर्पण गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप