आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

२०२६ मा बलिउड र साउथ स्टार्सको धमाका : दर्शकले देख्नेछन् नयाँ ६ जोडी

शुक्रबार, १८ पुस २०८२, १५ : ००
शुक्रबार, १८ पुस २०८२

काठमाडौँ । यो वर्ष (सन् २०२६) फिल्म प्रेमीहरूका लागि निकै विशेष हुने देखिएको छ। यस वर्ष थुप्रै यस्ता फिल्महरू रिलिज हुनेछन्, जसमा बलिउड र साउथका स्टारहरू पहिलो पटक एकसाथ पर्दामा देखिछन् । 

यो नयाँ जोडीहरूले दर्शकलाई नयाँ केमेस्ट्री र रोमान्सको आनन्द दिने विश्वास गरिएको छ । यी हुन् यो वर्ष पर्दामा देखिने नयाँ ६ जोडी

रणवीर कपुर र साई पल्लवी

निर्देशक नितेश तिवारीको महत्त्वाकाङ्क्षी फिल्म ‘रामायण’ मा अभिनेता रणवीर कपुर र साउथ अभिनेत्री साई पल्लवी मुख्य भूमिकामा देखिनेछन् ।

रणवीरले भगवान् राम र साई पल्लवीले माता सीताको भूमिका निभाउँदैछन् । यो फिल्मको पहिलो भाग २०२६ को तिहार (दिवाली) मा रिलिज हुने तय भएको छ । पहिलो पटक एकसाथ देखिन लागेका यी स्टारलाई हेर्न दर्शक निकै उत्साहित छन् । 

कार्तिक आर्यन र श्रीलीला

अभिनेता कार्तिक आर्यन र साउथकी सुन्दरी श्रीलीला निर्देशक अनुराग बसुको साङ्गीतिक प्रेम कथा (म्युजिकल फिल्म) ‘तू मेरी जिन्दगी है’मा देखिनेछन् ।

फिल्मको नाम आधिकारिक रूपमा घोषणा नभए पनि अहिलेलाई ‘तू मेरी जिन्दगी है’ भनिएको छ ।

इन्स्टाग्राममा उनीहरूका केही तस्बिरहरू पहिले नै भाइरल भइसकेका छन् । यो एक शुद्ध रोमान्टिक म्युजिकल फिल्म हुने बताइन्छ । 

प्रभास र मालविका मोहनन

साउथ सुपरस्टार प्रभास र मालविका मोहनन फिल्म ‘द राजा साब’मा सँगै देखिनेछन् । यो एक रोमान्टिक हरर कमेडी फिल्म हो । मालविकाको यो पहिलो तेलुगु फिल्म हो । फिल्ममा सञ्जय दत्त र निधि अग्रवाल पनि मुख्य भूमिकामा छन् । फिल्म ९ जनवरी २०२६ मा सिनेमाघरमा आउनेछ ।

अनन्या पाण्डे र लक्ष्य 

करण जोहरको धर्मा प्रोडक्सनको फिल्म ‘चाँद मेरा दिल’मा अनन्या पाण्डे र फिल्म ‘किल’ बाट चर्चामा आएका अभिनेता लक्ष्यको जोडी देखिनेछन् ।

यो एक रोमान्टिक ड्रामा फिल्म हो, जसले कलेज लाइफ, मित्रता र प्रेमको कथा वाचन गर्छ । यी दुवै युवा स्टारहरू पहिलो पटक एकसाथ देखिन लागेका हुन् । 

राम चरण र जान्हवी कपुर

साउथका स्टार राम चरण र जान्हवी कपुर फिल्म ‘पेड्डी’मा सँगै देखिनेछन्। बुची बाबु सानाद्वारा निर्देशित यो एक स्पोट्र्स ड्रामा हो । 

उत्तर र दक्षिण भारतीय कलाकारहरूको यो मेलमा दर्शकले इमोसन, एक्सन र रोमान्सको कथा पाउनेछन् । फिल्म २७ मार्च २०२६ मा रिलिज हुने सम्भावना छ ।

वरुण धवन र पूजा हेगडे 

डेभिड धवनको निर्देशन रहेको फिल्म ‘है जवानी तो इश्क होना है’ मा वरुण धवन र पूजा हेगडेको जोडी देख्न सकिनेछ ।

यो एक पूर्ण कमेडी र रोमान्टिक फिल्म हो । फिल्ममा वरुण र पूजाका साथै मृणाल ठाकुर पनि महत्त्वपूर्ण भूमिकामा छिन् । फिल्म ड्रामा, हाँसो र रोमान्सले भरिने दाबी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप