विश्वव्यापी तापमान वृद्धिको खतरा, पानीमा मस्तिष्क खाने अमिबा बढ्दै
सारांश
- विश्वव्यापी तापमान वृद्धिका कारण 'मस्तिष्क खाने अमिबा' स्वास्थ्य खतराको रुपमा देखा परेको छ।
- अध्ययन अनुसार, जलवायु परिवर्तन र पुराना पाइपलाइनहरूले यो घातक रोग बढाउँदैछन्।
- अमिबा ताजा तातो पानीमा पाइन्छ र तापक्रम वृद्धिका कारण यसको विस्तार भइरहेको छ।
काठमाडौँ । पछिल्लो समय विश्वव्यापी तापमान वृद्धि वैज्ञानिकहरूको टाउको दुखाइको विषय बनेको छ । तापमानमा निरन्तर भइरहेका वृद्धिले हिमालका हिउँ पग्लिरहेका छन्, हिमनदीहरू सुक्दै जाने क्रम बढेको छ भने समुद्री सतह बढिरहेका छन् । यस्तोमा वैज्ञानिकहरूले यसका कारण उत्पन्न अर्को डरलाग्दो पक्षबारे चेतावनी दिएका छन् । हालै भएको एउटा अध्ययनका अनुसार विश्वव्यापी तापमान वृद्धिका कारण ‘मस्तिष्क खाने अमिबा’को विश्वव्यापी स्वास्थ्य खतराको रुपमा देखा परिरहेको छ ।
यो अध्ययनको प्रतिवेदन चर्चित जर्नल बायोकन्टामिनेन्टमा समेत प्रकाशित भएको छ । अध्ययनमा जलवायु परिवर्तन र खाने पानीका पुराना पाइपलाइनहरूले यो घातक रोगलाई कसरी बढाइरहेको छ भन्ने कुरा देखाइएको छ । मस्तिष्कलाई खाने अमिबाको वैज्ञानिक नाम ‘नेग्लेरिया फाउलेरी’ हो । यो अमिबा नाकबाट मानव शरीरमा प्रवेश गर्छ र सिधै मस्तिष्कमा पुगेर सङ्क्रमण गर्न सक्छ । यस्तो खालको सङ्क्रमणको दर कम भेटिएपनि सङ्क्रमितको मृत्यु दर निकै उच्च छ ।
यस्तो खालको अमिबा ताजा तातो पानीमा पाइन्छ । विश्वव्यापी तापक्रम वृद्धिले विश्वभर पानीको तापक्रम बढाइरहेको छ । ताल, नदी र जलाशयहरू न्यानो हुँदै जाँदा यिनीहरू मस्तिष्क खाने अमिबाको विस्तारको लागि अनुकूल वातावरण बनिरहेका छन् । पहिले सीमित क्षेत्रहरूमा मात्र पाइने यो अमिबा अब नयाँ नयाँ क्षेत्रहरूमा देखा परिरहेको वैज्ञानिकहरू भन्छन् ।
यो अमिबाको फैलिनुको अर्काे कारण पत्ता पानीका पुराना र जीर्ण पाइपलाइनहरू भएको पाइएको छ । विश्वका कयौं धेरै देशमा पानीका धेरै पुराना आपूर्ति प्रणालीहरू प्रयोगमा आइरहेका छन् । यिनीहरूमा लामो समयसम्म पानी जमेर बस्दछन् । यी अमिबा फस्टाउन राम्रो ठाउँ हुन् । चिन्ताको अर्को कुरा के छ भने । उच्च तापक्रम, किटाणु मार्न प्रयोग गरिने क्लोरीनजस्ता निःसंक्रमण आदीको समेत यी अमिबामा कम असर हुन्छ । आधुनिक जल प्रणालीमा सुधार, पानीको नियमित परीक्षण र जलवायु परिवर्तन रोक्नेतर्फ ठोस कदम चाल्नु आदि अत्यन्त आवश्यक रहेको विज्ञहरू भन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण