आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वप्रधानमन्त्री झलनाथ खनालले लिए नागरिकताको प्रतिलिपि

आइतबार, २० पुस २०८२, १८ : ३३
आइतबार, २० पुस २०८२

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकताको प्रमाणपत्र पुनः प्राप्त गरेका छन्। गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा उनको निवासमा आगजनी हुँदा नागरिकता लगायतका महत्त्वपूर्ण कागजात नष्ट भएका थिए। सोही कारण उनले आइतबार जिल्ला प्रशासन कार्यालय पुगेर नागरिकताको प्रतिलिपि लिएका हुन्।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वर पौडेलको टोलीले खनाललाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेको छ। आगजनीमा परेर नागरिकता र अन्य कागजात जलेपछि उनलाई दैनिक कामकाजमा समस्या परेको थियो। सरकारी प्रक्रिया पूरा गरेपछि उनले नयाँ नागरिकता प्राप्त गरेका हुन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप