विमानस्थलबाट डेढ किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
सोमबार, २१ पुस २०८२, १२ : ५४
सारांश
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
- थप अनुसन्धानको क्रममा गाँजा लिन आएका अन्य दुई भारतीय नागरिक पनि पक्राउ परे।
- पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्यूरोमा पठाइएको छ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेट नजिकबाट अवैध लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएका ३३ वर्षीय भारतीय नागरिक भीरा भेन्काटा सुब्रमन्यमलाई करिब १ किलो ५ सय ३० ग्राम गाँजा जस्तो देखिने वस्तुसहित विमानस्थल सुरक्षा कार्यालयले गएराति पक्राउ गरेको हो।
विमानस्थलमा सुब्रमन्यमलाई पक्राउ गरेपछि उक्त लागूऔषध बुझ्न आएका अन्य दुई भारतीय नागरिक अब्दुल रहुफ र यासिन अब्दुल्लालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर पठाइएको प्रहरीले जनाएको छ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण