ठमेलको क्लबमा आक्रमण गरी फरार रहेका एकजना पक्राउ
सोमबार, २१ पुस २०८२, १३ : ००
सारांश
- प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न रहेको आरोपमा सिन्धुपाल्चोकका विष्णु श्रेष्ठलाई पक्राउ गरेको छ।
- श्रेष्ठले पुस ६ गते ठमेलस्थित क्लबमा एक व्यक्तिलाई लेजर लाइट र नकले हिर्काएका थिए।
- फरार रहेका श्रेष्ठलाई प्रहरीले ठमेलबाटै पक्राउ गरी थप कारबाहीका लागि पठाएको छ।
काठमाडौँ । ज्यान मार्ने उद्योग कसुरमा संलग्न रहेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–५ घर भई हाल काठमाडौँ कालीमाटी बस्ने ३४ वर्षीय विष्णु श्रेष्ठ (सुमन) लाई शनिबार पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित टर्टल लाउन्ज एण्ड क्लबमा गत पुस ६ गते एक व्यक्तिलाई ज्यान मार्ने उद्देश्यले फलामको लेजर लाइट र नकले प्रहार गरी गम्भीर घाइते बनाएर उनी फरार रहेका थिए।
फरार रहेका श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको विशेष प्रहरी टोलीले ठमेल क्षेत्रबाटै नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण