निर्वाचनमा कुनै दलसँग गठबन्धन हुँदैन, रवि–बालेन एकताले डराएका छैनौँ : प्रचण्ड
मङ्गलबार, २२ पुस २०८२, १९ : ०५
काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने स्पष्ट पारेका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कुनैपनि दलसँग गठबन्धन गर्नेबारे कुरा नभएको र नहुने बताएका हुन् ।
उनले पार्टी कामको भारत भ्रमणमा गएको दाबी गर्दै सो क्रममा भारतीय जनता पार्टीका केही नेताहरुसँग अनौपचारिक छलफल भएको पनि बताए । उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकताले आफूहरु नडराएको पनि जिकिर गरे ।
उनले आफू नेतृत्वको सरकारमा रास्वपा सभापतिलाई दुई पटक गृहमन्त्री बनाएको उल्लेख गर्दै उनीसँग कुरा गर्न कुनै आइतबार कुर्नु नपर्ने उनको टिप्पणी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै
-
मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ
-
आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि
-
‘असारे पानी साउने झरी’ मा सन्दीप र बिनाको रोमान्स
-
एसेट म्यानेजमेन्ट कम्पनी : बैंकिङ क्षेत्र सुधार्ने सरकारको ‘एक्सन प्लान’
-
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठुलो गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण