लुम्बिनीमा तेस्रो नेपाल बर्ड फेयर हुने
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो नेपाल बर्ड फेयर हुने भएको छ । स्वदेशी तथा विदेशी चराविद्, विज्ञ,गणक र चरासँग सरोकार राख्ने सरोकारवाललाई एकै ठाउँमा सहभागी बनाएर बर्ड फेयर गर्न लागिएको आज लुम्बिनीमान पत्रकार सम्मेलन गरी जनाएको छ ।
पोखरा पंक्षी समाजको आयोजना तथा ग्रिन यूथ लुम्बिनीको सह आयोजना, लुम्बिनी सांस्कृतिक नगरपालिका र नेपाल पर्यटन वोर्डको प्रवर्द्धनमा, नेपाल पन्छी संरक्षण सङ्घ, लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयको सहकार्यमा उक्त बर्ड फेयर हुन लागेको आयोजकले कार्यक्रम आउँदो माघ १२ र १३ गते हुनेछ ।
नेपाल बर्ड फेयर कमिटीका संयोजक तथा पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेले नेपाल बर्ड फेयरको मुख्य उद्देश्य नेपालका चरा प्रजाति, जैविक विविधता तथा महत्त्वपूर्ण आवास सिमसार, वन आदि को संरक्षणबारे जनचेतना विस्तार गर्नु साथै स्थानीय समुदाय, गाइड, अनुसन्धानकर्ता, सरकारी निकाय र संरक्षण संस्थाबिच ज्ञान–आदानप्रदान, सहकार्य र नेटवर्किङ मजबुत बनाउने रहेको पत्रकार सम्मेलनमा बाए ।
उनले पंक्षी–पर्यटन तथा प्रकृति–आधारित दिगो पर्यटनको प्रवर्द्धन गर्नु आफूहरूकाे लक्ष्य रहेको बताए । उनले चरा हेर्न आउने पर्यटन बढाउने सकिने धेरै आधार रहेको यस्तो कार्यक्रमले पर्यटन वृद्धि जोड दिने बताए ।
माघ ७ र ८ गते करिब ३० विद्यालयहरूमा चराको महत्त्व, तिनका वासस्थान, सङ्कट हुनुका कारण, संरक्षण आवश्यकता र प्रयासहरूका बारेमा जानकारी दिइने छ। त्यसैगरि माघ ९ र १० गते लुम्बिनीमा रहेका स्थानीय ३० जना पथपर्दशकहरुलाई चराको पहिचान सम्बन्धी तालिम दिइने अध्यक्ष घिमिरेले बताए।
बर्ड सिम्पोसियम सम्मेलन, ई–बर्ड फोरम, बर्ड ब्रेन फोरम, एसियन पानी चरा गणना फोरम, सारस फोरम, भल्चर फोरम हुनेछन् । यी गतिविधिहरू लुम्बिनी बौद्ध विश्वविद्यालय परिसरभित्र सञ्चालन हुने जनाएको छ ।
आयोजकका अनुसार कार्यक्रमका अवसरमा चरा, तिनका वासस्थान साथै जैविक विविधता एवम् स्थानीय उत्पादनका स्टल प्रदर्शनी तथा विभिन्न चराहरूका तस्बिर प्रदर्शनी गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण