आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

झलनाथको प्रश्न : देश जलाउने अपराधी बाहिर राखेर कसरी चुनाव हुन्छ ?

बुधबार, २३ पुस २०८२, १७ : ३१
बुधबार, २३ पुस २०८२

काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश जलाउनेहरुलाई बाहिरै राखेर निर्वाचन हुन नसक्ने बताएका छन् । बुधवार नेपाल राष्ट्रिय अभिभावक संघको २४ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जेनजी आन्दोलनका क्रममा सरकारी सम्पती जलाउनेहरु अपराधी भएको बताए । उनीहरुलाई अन्तरिम सरकारले के गर्छ ? भन्दै प्रश्न गरे । अपराधीहरु दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ ? उनको प्रश्न छ । निर्वाचन देशमा चाहिएको छ तर त्यसका लागि आवश्यक पूर्वाधार नरहेको उनले बताए ।

उनले भने, ‘सरकारको सम्पती जलाउनेहरु अपराधी हुन् कि होइनन् । यो सरकार जुन चलिरहेको छ, यो सरकारका सामुन्ने अपराधी हुन् कि होइनन् ? यो सरकारले तिनीहरुलाई कारबाही गर्नुपर्छ कि पर्दैन ? अनि ती अपराधीहरुले दिनदहाडै हिँडिरहेको अवस्थामा कसरी चुनाव हुन्छ होला ? यो देशमा । के चुनाव हुन्छ होला, चुनाव भयो भनेपनि के परिणाम आउँछ होला । यो बढो संकटको अवस्था छ । चुनाव त चाहिएको छ । चुनाव गर्नुपर्छ भनेर हामी लागेका छौँ । चुनाव हुनुपर्छ तर पूर्वाधारहरु तयार गर्नुपर्नेछ । ९० हजार बुलेटहरु कब्जा भएका छन् । फर्काइएको छैन । १२ हजार राइफल कब्जा भएका छैनन् । १४ हजार त बन्दी बाहिर गएका छन् । ६ हजार आएका छैनन् ।’

देशको निम्ति हित हुने शिक्षा जरुरी रहेको बताए । शिक्षा व्यवस्थालाई विकास गर्न धेरै कुरामा आमूल परिवर्तन गर्न जरुरी रहेको बताए । राष्ट्रिय शिक्षा नीति नै परिवर्तन गर्न जरुरी रहेको बताए । –न्युज एजेन्सी नेपाल

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप